जोन एफ. केनेडी
अमेरिकाको ३५औँ राष्ट्रपति From Wikipedia, the free encyclopedia
Remove ads
जोन फिट्जेराल्ड "ज्याक" केनेडी (अङ्ग्रेजी: John Fitzgerald "Jack" Kennedy) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले सन् १९६१ जनवरी देखि अमेरिकाको ३५औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनको सन् १९६३ मा हत्या भएको थियो।
सेनामा दोस्रो विश्व युद्धको समयमा मोटर तारोपडो जहाजको सेनापनि पद पछि केनेडीले सन् १९४७ देखि १९५३ को बीच म्यासेचुसेटको ११औँ जिल्लाको प्रतिनिधिको भूमिका निभाएका थिए। त्यसपछि उनले सन् १९५३ देखि १९६० सम्म अमेरिकी संसदमा काम गरेका थिए। संसदमा रहँदा केनेडीले आफ्नो पुस्तक प्रोफाइल इन करेज प्रकाशित गरेका थिए जसले पुलित्जर पुरस्कार प्राप्त गरेको थियो। सन् १९६० को राष्ट्रपति चुनावमा केनेडीले रिपब्लिकन प्रतिद्वन्दी तत्कालीन उप-राष्ट्रपतिका रिचार्ड निक्सनलाई साँघुरो मतान्तरले हराएर थियोडोर रूजबेल्ट पछि ४३ वर्षको उमेरमा दोस्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका थिए। केनेडी पहिलो रोमन क्याथोलिक राष्ट्रपति थिए।
केनेडी प्रशासनको समयमा कम्युनिस्ट राज्यहरूसँग शीतयुद्धका कारण तनाव उत्पन्न भएको थियो। जसको फलस्वरूप उनले दक्षीणी भियतनाममा अमेरिकी सैन्य सल्लाहकारको सङ्ख्या वृद्धि गरेका थिए। सन् १९६१ को अप्रिलमा उनले बे अफ पिग्स आक्रमणमा फिडेल क्यास्ट्रोको क्युबाली सरकारलाई उल्टाउने प्रयत्नलाई अनुमति दिएका थिए।[१]
उनको शासनकालमा पिग्सको खाडीको आक्रमण, क्युबा क्षेप्यास्त्र सङ्कट, बर्लिन पर्खालको निर्माण, अन्तरिक्ष होड, अफ्रिका-अमेरिकी मानव अधिकारहरूको हलचल र भियतनाम युद्धको सुरुवात जस्ता मुख्य घटनाहरू भएका थिए।
सन् १९६३ नोभेम्बर २२ का दिनमा डालस उनको हत्या भएको थियो। केनेडीको मृत्युपछि उप-राष्ट्रपति लिन्डन बेन्स जोन्सनले राष्ट्रपतिको पद सम्हालेका थिए। मार्क्सवादी तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्डलाई राज्यद्रोहको लागि पक्राउ गरिएको दुई दिनपछि ज्याक रबीद्वारा उनको हत्या भएको थियो। सङ्घीय अनुसन्धान ब्यूरो र वारेन आयोग दुवैले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकालेता पनि विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मानी केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन्। त्यस बेलामा २६ वर्षका तथा सोभियतबाट भागेर आएका पूर्व नौसैनिक कर्मचारी लि हार्भी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गर्छन्। ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामरा अगाडिनै गोली हानी हत्या गरिएको थियो।
केनेडीको मृत्यु पछि काङ्ग्रेसले उनका धेरै प्रस्तावहरू पारित गरेको थियो जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन्। अमेरिकी इतिहासकार एवम् सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षणमा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ।
Remove ads
प्रारम्भिक जीवन र शिक्षा
जोन एफ केनेडीको जन्म सन् १९१७ मे २९ का दिन ब्रुकलिन, म्यासाचुसेट्समा भएको थियो। उनका बुबा जोसेफ पेट्रिक केनेडी एक आलु व्यापारी थिए। पछि उनीले राजनीतिमा प्रवेश गर्दै धेरै युरोपेली देशहरूमा राजदूतको रूपमा सेवा गरेका थिए। उनकी आमा, रोज एलिजाबेथ फिट्जगेराल्ड केनेडी, एक सामाजिक कार्यकर्ता थिइन्। उनका हजुरबुवा आयरल्यान्डबाट आलुको व्यापार गर्न संयुक्त राज्य अमेरिका आएका थिए।
हत्या

राष्ट्रपति केनेडीको हत्या डासलमा १२:३० मध्याह्न केन्द्रीय मानक समयमा सन् १९६३ नोबेम्बर २२ का दिन शुक्रबार भएको थियो। उनी त्यतिबेला टेक्ससमा डेमोक्रेटिक पार्टीको उदारवादी र कट्टरवादी गुटको सम्बन्ध सुधार्न राजनैतिक भ्रमणमा थिए।[२] राष्ट्रपतीय मोटरकेडमा भ्रमण गरिरहेका उनलाई पछाडीबाट गोली प्रहार गरिँदा गोली उनको टाउकोबाट छिरेर घाँटीबाट निस्किएको थियो।[३]
केनेडीलाई आकस्मिक उपचारको लागि पार्कल्यान्ड अस्पतालमा लगिएको ३० मिनेटपछि उनलाई मृत घोषित गरिएको थियो। केनेडीको हत्या हुँदा उनको उमेर ४६ वर्ष थियो र १,०३६ दिन कार्यलयमा रहेका थिए। गोली टेक्सस स्कुल बुक डिपोजिटरीबाट प्रहार गरिएको थियो। त्यहीँ अर्डर फिलरको रूपमा काम गर्ने लि हार्भी ओस्वाल्डले गोली हानेका थिए। उनलाई प्रहरी अधिकारी जे डि टिप्पिट र केनेडीको हत्याको मुद्दा लगाइएको थियो। उनले गोली प्रहार गरेको अस्वीकार गरी यस मुद्दामा फसाइएको उनको दाबी गरेका थिए। [४][५] भने उनको पनि नोभेम्बर २४ का दिन ज्याक रुबीद्वारा गोली हानी हत्या भएको थियो। त्यसपछि ज्याक रुबीलाई पक्राउ गरी उनलाई ओस्वाल्डको हत्याको दोषी पाइएको थियो। रुबीको अदालतमा सुनुवाई भएपछि उनलाई मृत्युदण्डको सजाय सुनाइएको भएतापनि उनी बिरामी भएका र मुद्दा परिक्षण चल्दा चल्दै क्यान्सरको कारण सन् १९६७ जनवरी ३ मा उनको मृत्यु भएको थियो।
Remove ads
उत्कृष्ट राष्ट्रपति
उनको नामसँग अनेकौँ काण्डलाई जोड्न खोजिए पनि उनलाई आफ्ना जनतासमक्ष उत्कृष्ट लक्ष्य राख्ने राष्ट्रपतिको रूपमा हेरिएको छ ।
राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति थिए तर उनको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।
सन्दर्भ सामाग्री
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads