नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला
नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia
Remove ads
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गण्डकी प्रदेशका ११ जिल्लाहरू मध्ये एक हो।[२][३] २०१८ सालमा पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपुर अर्थात् नवलपरासी बर्दघाट सुस्ता पूर्व र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको थियो।[४]
Remove ads
परिचय
वि.सं २०१८ सालमा पूर्व नवलपुर र पश्चिम परासी क्षेत्रलाई गाभेर नवलपरासी जिल्ला कायम गरिएको थियो। यसअघि रुपन्देही जिल्लाको पाल्ही माझखण्डको रुपमा चिनिने नवलपरासी जिल्ला ५४ वर्षपछि पुनः पूर्व र पश्चिममा विभाजित भएको थियो।[५] सरकारले संविधानअनुसार नवलपरासीलाई गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा विभाजन गरे पनि जिल्लाको नाम र जिल्ला सदरमुकामको नाम टुङ्गो लगाएको थिएन। सरकारले गण्डकी प्रदेशमा पर्ने नवलरासीको भाग सुस्तादेखि बर्दघाट पश्चिमको भागलाई नवलपरासी (क) र सुस्तादेखि बर्दघाट पूर्वको क्षेत्रलाई नवलपरासी (ख) मानेको थियो। २०७२ साल असोज तीन गते जारी भएको नेपालको संविधानले ५४ वर्षपछि नवलपरासीलाई पूर्व नवलपुर र पश्चिम परासीमा विभाजन गरेको थियो[६] भने २०७४ साल असोज २९ गतेका दिन नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवलपुरको सदरमुकाम कावासोती राख्ने आधिकारिक निर्णय गरेको थियो।[७]
Remove ads
विभाजन
यस जिल्ला ८ स्थानीय तहमा विभाजन भएको छ।[८] जिल्लामा ४ वटा नगरपालिका र ४ वटै गाउँपालिका रहेका छन्।[९]
नगरपालिका
- कावासोती (सदरमुकाम)
- गैँडाकोट
- देवचुली
- मध्यविन्दु
गाउँपालिका
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस्
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads