नेपालको राजनीति
From Wikipedia, the free encyclopedia
Remove ads
नेपालको राजनीति बहुदलीय प्रणाली सहितको संसदीय गणतन्त्रको रूपरेखाभित्र कार्य गर्दछ।[१] कार्यकारी शक्ति प्रधानमन्त्री र मन्त्रिपरिषद्ले प्रयोग गर्दछ, जबकि व्यवस्थापिका अधिकार संसदमा निहित छ ।
संघीय संसदमा मुख्यतः मान्यता प्राप्त पाँच राजनीतिक दलहरू छन्: नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र जनता समाजवादी पार्टी। [२] तिनै कम्युनिस्ट पार्टी वामपन्थी मानिन्छ भने नेपाली कांग्रेस र लोसपा लाई मध्यमार्गी देखि मध्य बामपन्थी मानिन्छ। [३] जसपा मध्य बामपन्थी देखि बामपन्थी पार्टी हो । [४]
२००७ र २०४७ यताको समयमा प्रजातान्त्रिक अभ्यासको प्रायः संक्षिप्त अवधिमा नेपाली कांग्रेस संसदमा बहुमत पायो। [५] राजनीतिक प्रक्रियामा माओवादीको प्रवेशपछि उनीहरू पहिलो संविधानसभाको सबैभन्दा ठूलो पार्टी थिए र दोस्रोमा नेपाली कांग्रेस सबैभन्दा ठूलो थियो तर कुनै दलले बहुमत प्राप्त गरेन। [६] दोस्रो संविधानसभामा नेपाली कांग्रेस बहुमत नजिक थियो।
२०७२ मा नयाँ संविधान जारी भएपछी २०७४ सालमा भएको पहिलो चुनाव पछि, केन्द्र तथा सात मध्ये छ प्रदेशमा नेकपा नेतृत्वको सरकार बन्यो । [७] जबकि नेपाली कांग्रेसको प्रतिनिधित्व अघिल्लो चुनावको तुलनामा एकदमै कम भएको हुन पुग्यो तर सबै तहका सरकारमा यो पार्टी सत्तारूढ कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो विपक्ष थियो।[८] २०७७ सालमा सत्तारुढ नेकपामा आन्तरिक कलह सुरु भयो। पार्टीको कलहले पार्टी केन्द्र देखि स्थानीय तह सम्म छतविक्षत भयो। मूलतः नेकपा एकतापूर्वको अवस्थामा आएर उभिँदा माओवादी र एमालेको पुनःजन्म हुन पुग्यो। सबै भन्दा ठूलो पार्टी संघीय देखी स्थानीय स्तर सम्म थियो र प्रभुत्व कायम रह्यो। केपी ओलीले महिनौ अल्पमतको सरकारको नेतृत्व गरे। फेरि पनि नेतृत्वको कमजोरीले नेकपा (एमाले)मा फुट आयो। स्थानीय स्तरमा नेपाली कांग्रेस सबैभन्दा शक्तिशाली बन्दा केन्द्र र प्रदेशमा सबै भन्दा शक्तिशाली सत्ता रुढ दलका रूपमा रहेको छ। अहिले फलस्वरूप शेर बहादुर देउवा प्रधानमन्त्री पदमा छन्।
2077 सालमा सत्तारुढ नेकपामा आन्तरिक कलह सुरु भयो। पार्टीको कलहले पार्टी केन्द्र देखि स्थानीय तह सम्म छतविक्षत भयो। मूलतः नेकपा एकतापूर्वको अवस्थामा आएर उभिँदा माओवादी र एमालेको पुनःजन्म हुन पुग्यो। सबै भन्दा ठूलो पार्टी संघीय देखी स्थानीय स्तर सम्म थियो र प्रभुत्व कायम रह्यो। केपी ओलीले महिनौ अल्पमतको सरकारको नेतृत्व गरे। फेरि पनि नेतृत्वको कमजोरीले नेकपा (एमाले)मा फुट आयो। स्थानीय स्तरमा नेपाली कांग्रेस सबैभन्दा शक्तिशाली बन्दा केन्द्र र प्रदेशमा सबै भन्दा शक्तिशाली सत्ता रुढ दलका रूपमा रहेको छ। अहिले फलस्वरूप शेर बहादुर देउवा प्रधानमन्त्री पदमा छन्।
Remove ads
इतिहास
जहानियाँ राजनीति
राजनीतिक अवस्था
२०५८ :राजदरबार हत्याकाण्ड
१९ जेठ २०५८ मा भएको दरबार हत्याकण्ड शाही परिवारका सदस्यहरू राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन लगायत अन्य धेरैजना हत्याकण्डमा मारिए। यद्यपि, नरसंहार पछि, युवराज कोमामा केहि समयको लागि बाँचे।
यद्यपि युवराजले मर्नु भन्दा पहिले कहिलै होसमा थिएनन्, युवराज दीपेन्द्र नेपाली शाही उत्तराधिकारको कानून अनुसार राजा थिए। उनको मृत्युको दुई दिन पछि राजाको बाँचेको भाइ ज्ञानेन्द्रलाई राजा घोषणा गरियो।
२०६०-२०६४ : संसद भङ्ग र लोकतन्त्र आन्दोलन
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते दिउसो एक घोषणा गरी शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको घोषणा गरे। र मार्शल कानून लागू गरे । राजाले माओवादी विद्रोह सम्हाल्न सरकार असफल भएको कुरा राखे। टेलिफोन लाइन काटियो र प्रमुख राजनैतिक दलका मुख्य नेताहरूलाई घरमा नै नजरबन्द राखि, धेरै उच्च राजनीतिक नेताहरू पक्राउ गरियो। अन्य विपक्षी नेताहरू भारत भागे र त्यहाँ फेरि समूहित भए। शाही कदमको विपक्षमा पुरानो, विघटित संसदमा ९०% सिट प्रतिनिधित्व गर्ने सात दलको गठबन्धन बन्यो ।
==यो पनि हेर्नुहोस्==हैं त
Remove ads
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads