पाल्पा जिल्ला
नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia
Remove ads
पाल्पा जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो। तानसेन मुख्यालय भएको जिल्लाले १,३७३ किमी २ (५३० वर्ग मील) क्षेत्रफल ओगटेको छ र जनसंख्या २४२, ४२३ छ। पाल्पा जिल्ला पोखराबाट धेरै टाढा छैन र बसबाट सजिलै पुग्न सकिन्छ।
Remove ads
नामाकरण
इटालीका प्रसिद्ध विद्धान तथा इतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्लाको अस्तित्व ईसाको पाचौँ शताब्दी तिर थियो। त्यस समयमा भारतवर्ष र चीन प्रदेशको ठूलो क्षेत्र मंगोलियाको अधिपत्यमा रहेको अड्कल काटिएको छ। उनको भनाई अनुसार मंगोलियन शव्द "वाल्वा" यसको अर्थ "सीप कला र कालीगढ"बाट पाल्पा बन्न गएको हो।[१]
इतिहास
भारतमा मुगलहरूको आक्रमण सहन नसकी तुथारय सेन पैयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ हालको फेक गाविस वडा नम्बर ४मा लामो समयसम्म बसी पछि रिब्दीकोट कुसुमखोला पालुङमैनादी र ठिमुरे गाविसको साँधमा पर्नेमा आपुनो स्वतन्त्र राज्य स्थापना गरे। तानसेन आउनु अघि सेनवंशीय राजाहरू शिलाङथोकको नजिकहेको पुरानकोट हाल भैरवस्थान गा।वि।स। लाई राजधानी बनाई शासन गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ। वि.सं. १३६३मा तुथारय सेन देखि प्रारम्भ भइ पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६६मा पाल्पा राज्यको स्थापना गरेका थिए। झण्डै ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजहरू मध्ये पछिल्ला पृथ्वीपाल सेनको पालमा रणबहादुर शाह र भीमसेन थापाको रणनैतिक षड्यन्त्र चतुर् याइले पाल्पा राज्य विसं १८६१मा नेपाल राज्यमा गाभियो। मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौँ, धनकुटा र भोजपुरसम्म राज्य विस्तार गरेको पाईन्छ।[१]
सेन वंशका दशौ पुस्ताका राजा चन्द्र सेनका छोरा रुद्र सेनले वि.सं. १५६३मा पाल्पा राज्यको स्थापना गरेका थिए भने मुकुन्द सेन प्रमको नेतृत्वमा पाल्पा राज्यको विस्तार काठमाडौँ धनकुटा र भोजपुर सम्म भएको पाइन्छ। झण्डै ४९८ वर्षसम्म शासन गर्ने सेन राजाहरू मध्ये पछिल्ला राजा पृथ्वीपाल सेनको पालामा वहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्याईले पाल्पा राज्य विस १८६१मा नेपाल राज्यमा गाभिएको थियो।[१]
Remove ads
प्रशासनिक विभाजन
जिल्लामा १० स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ८ गाउँपालिका छन्।
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads