बाँके जिल्ला

नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia

बाँके जिल्ला
Remove ads

बाँके नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ। यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पूर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्जको नाका भारत सँग जोडिएको छ। यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाइचाराको सन्देश दिनु हो।[]

Remove ads

नामाकरण

यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्य केही यस प्रकार छन् :-

  • परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरूको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरूको मृत्यु हुन गइ थोरै मानिसहरू मात्र यस क्षेत्रमा बाँकी रहेकोले "बाँकी मानिसले बसोवास गरेको ठाउँ" भन्दै जाँदा पछि अपभ्रंस भइ यस ठाँउलाई बाँके भन्न थालिएको पाइन्छ।
  • सत्ययुगमा सतीदेवीको जीव्रो पतन भइ त्यस ठाँउमा वाक्यस्वरी देवी उत्पन्न भइ स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ।
  • परापूर्वकालमा यहाँका मानिसहरूले घाम, पानी, हुरी, वतास आदिबाट सुरक्षित रहन वरिपरी घुमाएर बाँके खालका घरहरू निर्माण गर्ने गर्थे रे। अधिकांश बाँके घरहरू रहेको बस्तीलाई "बाँके बस्ती" भन्दै जाँदा पछि जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने जनश्रुति पनि पाइन्छ।
  • कतै कतै यो जिल्लालाई बागेश्वरी जिल्ला पनि भन्ने गरीन्छ।
Remove ads

प्रशासनिक विभाजन

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये १ उपमहानगरपालिका, १ नगरपालिका र ६ गाउँपालिका छन्।

थप जानकारी स्थानीय तह, वडा सङ्ख्या ...
Remove ads

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads