मुगल साम्राज्य
From Wikipedia, the free encyclopedia
Remove ads
मुगल साम्राज्य (Persian: هند مغولان, Hind-e Moǧulān; उर्दु: مغلیہ سلطنت, उर्दु उच्चारण: मुग्लिया सल्तनत) वा मोग साम्राज्य भारतीय उपमहाद्वीपमा एक साम्राज्य थियो।
इतिहास
बाबर र हुँमायु (१५२६-१५५६)

मुगल साम्राज्यको संस्थापना बाबर (राज्यकाल १५२६-१५३०) बाट भएको थियो। उनी मध्य एसियाका शासकका वंशज थिए। उनका पिता तिमुरका वंशज थिए भने उनको आमा जंगेज खानका वंशज थिइन्।[१] आफ्नो पूर्वजको विरासतबाट निस्केर आफ्नो महत्वाकांक्ष पूरा गर्न उनी भारतीय उप महाद्वीप तर्फ लागे।[२] उनले आफूलाई काबुलमा स्थापित गरे र अफ्गानिस्तानबाट दक्षिण तर्फ खाइबर पास हुँदै दक्षिण तिर भारत तिर लागे।[१] बाबरको सेनाले इब्राहिम लोदीलाई पानीपतमा पराजित गर्यो। यद्यपि, यो समय सम्ममा दिल्ली सल्तनतको लोदी वंश कमजोर भैसकेको थियो र उत्तर भारतको मेवाड राज्य सबैभन्दा शक्तिशाली राज्य थियो र यसका शासक राना साँगा थिए। आग्रा नजिकैको निर्णायक युद्धमा बाबरको तिमुरिद फौजले साँगाको राजपुत सेनालाई पराजित गर्यो। यो लडाइँ भारतेर्य इतिहासको सबैभन्दा निर्णायक र महत्त्वपूर्ण लडाइँ थियो जसले उत्तर भारतको दुई शताब्दीको भाग्य सधैँको लागि फेरिदियो।
यो लडाइँ पछि, मुगल साम्राज्यको केन्द्र काबुलबाट आग्रा सर्यो। युद्ध र सैन्य अभियानबाट बनेको यो नयाँ साम्राज्यले जड समात्न समय लाग्यो।[३] उनको पुत्र हुमायु (शासन १५३०-१५५५) को समयमा साम्राज्यमा अस्थिरता छायो र बिद्रोहीको कारण हुमायु पर्सियामा निर्वासित हुन बाध्य भए। मुगल शासनको समयको बीचमा सुर साम्राज्य(१५४०-१५५५)को शासन चलेको थियो।[१] हुमायु पर्सियामा निर्वासित हुँदा सफविद वंश र मुगल बीच सम्बन्ध राम्रो बन्यो र मुगल दरबारमा फारसी संस्कृतिको प्रवाभ देखिन्छ। हुमाय १५५५ मा पर्सियाबाट फर्किए र भारतमा मुगल शासन पुनर्स्थापना गरे, तर एक दुर्घटनामा परेर अर्को वर्ष उनको मृत्यु भयो।[१]
पतन

औरंगजेबका छोरा बहादुर शाह प्रथमले आफ्नो पिताको धार्मिक नीतिहरू खारेज गरे र प्रशासन सुधार गर्ने प्रयास गरे। "यद्यपि, १७१२ मा उनको मृत्यु पछि, मुगल वंशमा अराजकता र हिंसक झगडा प्रशय पायो। १७१९ मा मात्र, चार सम्राटहरू क्रमशः गद्दी आरोहण गरे"।[४]

मुहम्मद शाह (शासनकाल: १७१९–१७४८ )को शासनकालमा, साम्राज्य टुट्न थाल्यो र मध्य भारतको विशाल भूभाग मुगलबाट मराठा हातमा गयो। पश्चिम एसिया, काकेशस र मध्य एसियाका धेरैजसो भूभागमा पहिले नै इरानी आधिपत्य पुनर्स्थापित गारेका नादिर शाहको सुदूर भारतीय अभियान दिल्लीको लुटसँगै टुङ्गियो र मुगल शक्ति र प्रतिष्ठा धुलोमा मिल्यो। साम्राज्यका धेरै अभिजात वर्गहरूले अब आफ्नै मामिलाहरू नियन्त्रण गर्न खोजे, र स्वतन्त्र राज्यहरू बनाउनको लागि छुट्टिए। तर, सुगाता बोस र आयशा जलालका अनुसार, मुगल सम्राट सार्वभौमसत्ताको उच्चतम स्थान रूपमा निरन्तर नै थियो। मुस्लिम समूह मात्र होइन, मराठा, हिन्दु र सिख समूहले भारतको सार्वभौमसत्ताको रूपमा बादशाहलाई औपचारिक मान्यता दिएका थिए।[५]
यसैबीच, खण्डित मुगल साम्राज्य भित्रका बढ्दो क्षेत्रीय राजनीतिले साम्राज्यलाई कमजोर बनायो, जसले गर्दा कर्नाटक युद्ध र बङ्गाल युद्धको दौडान हार भोग्नु पर्यो।

मुगल बादशाह शाह आलम द्वितीय (१७५९-१८०६) ले मुगल पतनलाई उल्टाउने व्यर्थ प्रयासहरू गरे तर अन्ततः अफगानिस्तानका अमीर, अहमद शाह अब्दालीको सुरक्षा खोज्नुपर्यो, परिणामस्वरुप सन् १७६१ मा मराठा साम्राज्य र अफगान (अब्दालीको नेतृत्वमा) बीच पानीपतको तेस्रो लडाइँ भयो। सन् १७७१ मा मराठाहरूले अफगान नियन्त्रणबाट दिल्लीलाई पुनः कब्जा गरे र १७८४ मा उनीहरू आधिकारिक रूपमा दिल्ली बादशाहका संरक्षक बने,[६] यो अवस्था दोस्रो अङ्ग्रेज -मराठा युद्धसम्म जारी रह्यो। त्यसपछि, ब्रिटिस ईस्ट इन्डिया कम्पनी दिल्लीमा मुगल वंशको संरक्षक बन्यो।[५] ब्रिटिस ईस्ट इण्डिया कम्पनीले सन् १७९३ मा पूर्व मुगल प्रान्त बङ्गाल-बिहारलाई नियन्त्रणमा लियो र स्थानीय शासन (निजामत) लाई खारेज गर्यो र यसको निरन्तरता सन् १८५७ सम्म भएको थियो जति बेला भारतीय उपमहाद्वीपमा ब्रिटिस औपनिवेशिक युगको सुरुवात भएको थियो। सन् १८५७ सम्ममा पूर्व मुगल भारतको ठुलो हिस्सा ईस्ट इन्डिया कम्पनीको नियन्त्रणमा थियो। १८५७-१८५८ को युद्ध मा पछि अन्तिम मुगल, बहादुर शाह जफर, ब्रिटिस ईस्ट इण्डिया कम्पनी द्वारा अपदस्थ र १८५८ मा निर्वासित गरियो। गभर्मेन्ट अफ इन्डिया एक्ट १८५८, मार्फत ब्रिटिस क्राउनले ब्रिटिस राजको रूपमा भारतमा ईस्ट इन्डिया कम्पनी-नियन्त्रित क्षेत्रहरू प्रत्यक्ष नियन्त्रण ग्रहण गर्यो।। सन् १८७६ मा बेलायती महारानी भिक्टोरियाले भारतको महारानीको उपाधि ग्रहण गरिन्।
Remove ads
मुगल बादशाहको सूची
मुगल बादशाहको सूची यस प्रकार छ:
- बैजनी रंगको पंक्तिले उत्तर भारतमा सूरी साम्राज्य को सङ्क्षिप्त शासनकाललाई जनाउँछ।
- भारतमा मुगल वंश[७] को संस्थापक बाबर थिए। बाबर एव उनको उतराधिकारी मुगल शासक तुर्क एव सुन्नी मुसलमान थिए। बाबर एक मुगल शासक थिए। उनले भारतमा मुगलशासक को पद-पादशाहीको धारण गरेका थिए।
- बाबर पश्चात कयौँ पिढी मुगलले भारतमा शासन गरेका थिए।
- यी शासक मध्ये अकवर एक महान शासक साबित भए।

Remove ads
अर्थतन्त्र
मुगल साम्राज्यको समयमा भारतीय अर्थतन्त्र बृहत् र समृद्ध थियो।[८] मुगल कालमा, सन् १६००मा भारतको जीडिपी विश्वैक अर्थतन्त्रको अनुमानित २२% थियो। विश्व अर्थतन्त्रमा यो हिस्सा चीनको मिङ वंश पछिको दोस्रो ठुलो र युरोपको भन्दा ठुलो थियो। १७०० आइपुग्दा, विश्व अर्थतन्त्रमा मुगल भारतको जिडिपी २४% पुगेको थियो। र चीनको चिङ वंशलाई पछि पार्दै विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र बनेको थियो।[९] १८औँ शताब्दी सम्म, मुगल साम्राज्यले विश्वको औद्योगिक उपजको करिब २५% उत्पादन गर्ने गरेको थियो।[१०] मुगल शासनकालमा, भारतको जिडिपी मुगल काल भन्दा १५०० यता सबैभन्दा तीव्र गतिमा वृद्धि भएको थियो।[९] १८औँ शताब्दीको पश्चिम युरोपमा भएको औद्योगिक विकासलाई औद्योगिक क्रान्ति भनिए झै मुगल भारतको अर्थतन्त्रलाई प्रारम्भिक औद्योगीकरण पनि भनिन्छ।[११]
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads