राजेश पायल राई
गायक, अभिनेता From Wikipedia, the free encyclopedia
Remove ads
राजेश पायल राई नेपाली गायक हुन ! उनले थुप्रै नेपाली चलचित्रका [१] गीतहरूमा स्वर दिइसकेका छन ! उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ। पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रूपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो। उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो । उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन्। उनले २०६६ सालमा प्रसारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । यसैगरी[२] उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा अभिनय चलचित्रहरूमा समेत अभिनय गरिसकेका छन्।
Remove ads
गायन-यात्रा
उनले २०४५ सालबाट संगीत यात्रा सुरु गरेका हुन् । उनले पहिलो पटक २०५४ सालमा अशोक शर्माको चलचित्र गरिबको तीन वटा गीतमा आफ्नो स्वर दिएका हुन् ।
कृतिहरू
- मुर्छना (२०५२)
- पूर्वमा रङ चढेछ (०५३)
- जष्ट फर यू (०५४)
- लभ लेटर (०५५)
- बैगुनी रैछौ मायालु
- निगाह (०५६)
- जदौ (०५८)
- कामना (२०६१)
- जदौ–२ (०६३)
- दर्शन नमस्ते (०६५)
- राई ईज किङ (०६६)
- जदौ ३ (२०६८)
पुरस्कार/सम्मान
- चलचित्र शिलशिलाबाट (२०६६) सालमा अवार्ड
- छिन्नलता पुरस्कार (२०६७) मा
- अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् ।
उनले अभिनय गरेका चलचित्रहरु
- दैवसंजोग
- दौतरी
- परेनि माया जालैमा
- सी माला
- गुण्डाराजमा लगायतका चलचित्रहरूमा अभिनय गरिसकेका छन् ।
बाह्य कडीहरू
http://celebritynepal.com/music/singer/rajesh-payal-rai-profil http://nagariknews.com/friday/story/23389.html
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads