श्रीनिवास मल्ल

From Wikipedia, the free encyclopedia

श्रीनिवास मल्ल
Remove ads

श्रीनिवास मल्ल (वि सं १६८४-वि सं १७४३) पाटन राज्यको राजा थिए। उनी सिद्धिनरसिंह मल्लका छोरा थिए। वि सं १६८४ मा जन्मेका श्रीनिवास मल्लले वि सं १७१५ मा बाबुको विरुद्ध विद्रोह गरी वि.सं १७१७ मा ललितपुरको राजा भए। उनलाई त्यसो गर्न कान्तिपुरका राजा प्रताप मल्लले उचालेका थिए तर भक्तपुर माथि संयुक्त रूपमा आक्रमण गर्दा दोश्रो पटकको युद्धमा कान्तिपुरलाई सहयोग नदिएर प्रताप मल्ल चिढाएका थिए।

छरितो तथ्यहरू श्रीनिवास मल्ल, शासनकाल ...
Remove ads

अपदस्त र उत्तरार्ध जीवन

योगनरेन्द्र मल्लले बाबुको विरुद्ध एक किसिमले विद्रोह गर्न थाले। ढुकुटीको पैसा हात लाई योगनरेन्द्र मल्ल राजदरबारमा नबसी अन्तै गई बस्न थाले। यस कुराले राजा श्रीनिवास मल्ललाई ठुलो चिन्ता पर्न लाग्यो। समर्थ भैसकेका छोरालाई दबाउनु उनले श्रेयस्कर सम्झेनन्। उनले आफ्ना पिता सिद्धिनरसिंह मल्लले आफूलाई राज्य सुम्पिदिएको आदर्श खडा थियो। यसकारण श्रीनिवास मल्लले छोरालाई बोलाई राज्य सुम्पनु नै उचित सम्झे। तदनुसार विसं १७४१ पुषमा श्री निवास मल्लले गद्दी त्याग गरी योगनरेन्द्रलाई गद्दीमा राखे।

राजा श्रीनिवास मल्ललाई पनि उनकै छोरा योगनरेन्द्र मल्लले वि.सं. १७४१ मा अपदस्त गरे। वि.सं. १७४३ माघशूक्ल एकादशी मृगशिरा नक्षत्र शुक्रबारका दिनमा उनी परलोक भए।[] ६ जना सति गए। शङ्खमूलमा दाहकृया भयो।

Remove ads

सन्दर्भ सामाग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads