सङ्घीय समाजवादी फोरम, नेपाल
नेपालको एक समाजवादी राजनीतिक दल From Wikipedia, the free encyclopedia
Remove ads
सङ्घीय समाजबादी फोरम, नेपाल Federal Socialist Forum, Nepal नेपालको एक राजनीतिक दल हो। व्यक्तिका आधारभूत आवश्यकता पुरा गर्ने, लैगिक समानता कायम गर्ने, स्वतन्त्रता, राष्ट्रियता र सामाजिक न्याय प्राप्त गर्ने मधेसी जनअधिकार फोरम नेपालका मुख्य उद्देश्य हुन् वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति । यो पार्टी को अध्यक्ष उपेन्द्र यादव हुन्।
Remove ads
इतिहास
मधेसी जनअधिकार फोरमको जन्म गैरसरकारी संस्थाका रूपमा २०५४ सालमा भएको हो । २०५४ सालमा उपेन्द्र यादवको नेत्तृवमा विराटनगरमा भएको विभिन्न क्षेत्रका व्यक्तिहरूको भेलाले नेपालमा सामाजिक, आर्थिक र राजनीतिक समस्या मुख्य समस्याको रहेको भन्दै सचेतनामुलक कार्यक्रम गर्नुपर्ने निष्कर्ष निकाल्यो । यही भेलाले उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपालको जन्म दियो ।
फोरमको २०६० सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनले नेपालमा राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय गर्यो अनि २०६२ साल चैतमा शुरु भएको आन्दोलनको सफलतापछि २०६३ साल माघ २ गते मधेश आन्दोलनको शुरुवात गर्यो । आन्दोलनले उठाएका ८ वटा माग मध्ये मधेश स्वायत्व राज्यको माग सहित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भयो । मधेस आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा सङ्घीयता भन्ने शब्दले प्रवेश पाउनु हो । त्यसको मुख्य जस मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जान्छ ।
फोरमको २०६० सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनले नेपालमा राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय गर्यो अनि २०६२ साल चैतमा शुरु भएको आन्दोलनको सफलतापछि २०६३ साल माघ २ गते मधेश आन्दोलनको शुरुवात गर्यो । आन्दोलनले उठाएका ८ वटा माग मध्ये मधेश स्वायत्व राज्यको माग सहित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भयो । मधेस आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा सङ्घीयता भन्ने शब्दले प्रवेश पाउनु हो । त्यसको मुख्य जस मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जान्छ । २०६४ सालको संविधानसभा चुनाव अघि फोरम एउटा राजनीतिक दलका रूपमा निर्वाचन आयोग, नेपाल मा दर्ता भयो । त्यस चुनाव मा प्रत्यक्ष तर्फ ३० र समानुपातिक तर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बन्यो । उसले समानुपातिक तर्फ ६ लाख ७८ हजार ३ सय २७ मत प्राप्त गरेको थियो । यो जम्मा खसेको मतको ६ दशमलव ३२ प्रतिशत हो । तर यो पार्टी लामो समयसम्म चौथो ठूलो शक्तिको रूपमा टिक्न सकेन । २०६६ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने कि नहुने भन्ने विषयमा विवाद चर्किदै जाँदा पार्टी फुटेर फोरमका अर्का नेता विजय कुमार गच्छदारको नेतृत्वमा मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) पार्टी बन्यो । वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
यो पार्टी पुनः टूक्रिदै मधेशी जान अधिकार फोरम, नेपाल (गणतान्त्रिक) र मधेशी जान अधिकार फोरम मधेश बनेको छ, फलस्वरूप २०७० साल को सम्भिधन सभा निर्वाचन मा यो पार्टी खुम्चेर सातौ पार्टी बन्न पुग्यो त्यसमा २ ओटा सिट प्रत्यक्ष र ८ ओटा सिट समानुपातिक मा मात्रै जित्न सकेको छ।यो पार्टीले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल २०६,११० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २१४,३१९ मत प्राप्त गरेको थियो।[१]
Remove ads
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads