साततले दरबार (नुवाकोट)

From Wikipedia, the free encyclopedia

साततले दरबार (नुवाकोट)
Remove ads

पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाएका थिए। पछि नब्बे सालको महाभूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्व-साधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए। उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन।

छरितो तथ्यहरू साततले दरबार, सामान्य विवरण ...

साततले दरबारलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो। सातौँ तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्ध बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पुर्ब कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो।

दरबारलाई राष्ट्रियकरण गरेको थियो। साँस्कृतिक महत्त्व बोकेको दरबार भएकोले पुरातत्व विभागमा राखिएको थियो। २०६५ जेठ १५ मा गणतन्त्र घोषणा भएपछि २०६८ वैशाख १३बाट नुवाकोट दरबार ; सङ्ग्रहालयका रूपमा परिणत भएको थियो ।[]

Remove ads

२०७२ को भूकम्प

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads