सिराहा जिल्ला
नेपालको एक जिल्ला From Wikipedia, the free encyclopedia
Remove ads
सिराहा जिल्ला नेपालको प्रदेश नम्बर-२ सगरमाथा अञ्चलमा पूर्वीभागको दक्षिणी सिमानामा रहेको जिल्ला हो। यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिराहा जिल्ला सगरमाथा अञ्चलको सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला हो। यहाँ प्राकृतिक रूपमा उत्तरी भेगमा उच्च, पाखो जमीन बढी छ भने दक्षिणी भेगमा होचो र समथर जमीन बढी छ। यस जिल्लालाई १०६ गाविसहरू, ६(छ) वटा नगरपालिका, जिल्ला विकास समितिमा क्षेत्रीय सदस्य प्रतिनिधित्वको लागि १७ इलाका र ६ (छ)वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ।
Remove ads
नामाङ्कन
- सिरहा जिल्लाको सदरमुकाम सिरहा नगरपालिका हो । यस स्थानको नाम ”सिरहा” रहेको सम्वन्धमा विभिन्न किंबदन्ती तथा भनाईहरू रहेका छन् ।
- धेरै वर्ष पहिले यहाँका राजा “सल्हेस” ज्यादै आदर्श ब्यक्तित्व भएका र सवैलाई सहयोग गर्ने, र सहारा (आश्रय) दिने भएकाले भारतबाट ब्यापार गर्न आउने ब्यापारीहरु जङ्गलै जङ्गल भएको यस ठाँउलाई ”सहारा” भन्दा भन्दै अपभ्रं भएर ”सिरहा” भएको एउटा किंबदन्ती रहेको छ ।
- राजा सलहेसले सबैलाई साथीको ब्यवहार गर्ने गरेकोले यही अंग्रेजी भाषाबाट यस सल्हेस क्षेत्रलाई सिराहा भनिएको हो कि भन्ने अनुमान यस ठाँउका बौद्धिक वर्गले गरेका छन् ।
- यस्तै अर्को किम्वदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई ”शिर” भनिने हुँदा जरै जरा भएको ठाँउलाई ”शिर” (शिरा) भन्दाभन्दै अपभ्रंश भएर ”सिरहा” भएको भन्ने भनाई पनि रहेको छ ।
Remove ads
इतिहास
वि.सं. २०१८ सालमा नेपाल अधिराज्यको ३४ जिल्लाहरूलाई ७५ जिल्लामा बिभाजन गर्दा सम्म सिरहा जिल्लाको वर्तमान क्षेत्र सप्तरी जिल्लामा पर्दथ्यो । एकीकरण पूर्व बाइसे–चौबिसे राज्यहरु जस्तै यस भेगका राजा कर्ण सेन थिए । यस राज्यको सिमाना पश्चिम कमला नदी देखि पूर्वमा कोशी नदी सम्म थियो, जसलाई चौदण्डी (उदयपुर गढी) भनिने गर्दथ्यो । नेपाल अधिराज्यकै दोश्रो विद्यालयको रूपमा वि.सं. १९७२ (सन् १९५५) मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिरहामा ”चन्द्र मिडिल स्कूल” खोलेका थिए, जुन अहिले चन्द्र माध्यमिक विद्यालयको नामबाट निरन्तर रूपमा माध्यामिक तहको शिक्षा उपलव्ध गराउँदै आएको छ । वि.सं. २०५३ सालमा नजिकैका ५ वटा गा.वि.स.हरु सिरहा, मखनाहा, मानपुर, बसविट्टा र ठेंगही मिलाई यस नगरपालिकाको स्थापना भएको हो । यसलाई ९ वडामा विभाजन गरिएको छ । साविकको सिरहा गा.वि.स. बाट हाल यस नगरपालिकाको वडा १, २, ७ र ८, मखनाहा गा.वि.स. बाट हाल यस नगरपालिकाको वडा नंं. ३ र वडा नंं. ४ को केही भाग, मानपुर गा.वि.स. बाट हाल यस नगरपालिकाको वडा नं. ४ को केही भाग र वडा नं. ५, बसविट्टा गा.वि.स. लाई हाल यस नगरपालिकाको वडा नं. ६ तथा ठेंगही गा.वि.स. लाई हाल यस नगरपालिकाको वडा नं. ९ बनाएको छ । महेन्द्र राजमार्गको चोहर्वाबाट यो न.पा. १८ कि.मी. दक्षिणको दूरीमा रहेको छ, जुन कालोपत्र गरिएको सडक छ । महेन्द्र राजमार्गको मिर्चयाबाट सिरहा जोडने सडक ग्राभेल गरिएको छ । त्यस्तै हुलाकी सडक यस न.पा. को वीचबाट हुदै धनुषा र सप्तरी जिल्ला छोएको छ भने दक्षिणी सिमानाबाट भारतको विहार राज्य ३ कि.मी. दुरीमा रहेको छ ।
Remove ads
भौगालिक अवस्था
- जिल्लाको क्षेत्रफल: १,२२८ वर्ग किलोमिटर
- अक्षांश: २६ डिग्री ३३" देखि २६ डिग्री ५५" उत्तर
- देशान्तरः ८६ डिग्री ६" देखि ८६ डिग्री २६" पूर्व
- उचाई: समुन्द्री सतह देखि ७६ मिटर देखि ८८५ मिटर सम्म।
- औषत लम्बाई: ४२.४ किलोमिटर
- जिल्ला सदरमुकाम: सिराहा नगरपालिका
नदीनाला
प्रमुख नदीनालाहरूमा कमला, घुर्मी, बलान, मैनवती, खुट्टी, गागन, सर्रे, सहजा, बतहा, जिवा, भेडवा र केही खोलाहरू।
व्यापारिक महत्त्वका स्थानहरू
लाहान, सिराहा, माडर, सारस्वर, कल्याणपुर, सुखीपुर, मिर्चैया, गोलबजार, चोहर्वा, धनगडी आदि यस जिल्लाका प्रमुख व्यापारीक महत्त्वका स्थानहरू हुन।
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads