चन्द्रकान्त राउत
नेपाली बैज्ञानिक तथा राजनितिक व्यक्तित्व From Wikipedia, the free encyclopedia
Remove ads
चन्द्रकान्त राउत अथवा सिके राउत एक नेपाली राजनीतिज्ञ र जनमत पार्टीका अध्यक्ष हुन्। उनको पूरा नाम चन्द्रकान्त राउत हो। उनी मधेश प्रदेश को सप्तरी जिल्ला जन्मिएका हुन्। उनको परिवार निम्न वर्गीय परिवार हो । उनको बाल्यकाल आर्थिक अभावमै बितेको पाइन्छ ।
Remove ads
शिक्षा
उनले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङ गरेका थिए। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
किताब
उनले आफ्नो आत्मकथा 'डिनायल टु डिफेन्स' र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक प्रकाशित गरेका छन्।[१]
राजनीति
सन् २०११ मा अमेरिकाबाट नेपाल फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए। वि.सं २०७५ फागुन २४ गते नेपाल सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो ।
प्रतिनिधि सभा २०७९
प्रतिनिधि सभा निर्वाचन, २०७९मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त राउत प्रतिनिधि सभा निर्वाचन क्षेत्र सप्तरी २बाट ३५,०४२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[२] उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी का उम्मेदवार उपेन्द्र यादवले १६,९७९ मत प्राप्त गरेका थिए।[३]
सम्मान
- महेन्द्र विद्या भुषण
- कुलरत्न गोल्ड मेडल
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads