हेलन शाह

From Wikipedia, the free encyclopedia

Remove ads

श्री ५ अधिराजकुमारी हेलेन शाह (सेप्टेम्बर २१, १९२६ - २०६४ भदौ २६) पूर्व नेपाली राज परिवारकी सदस्य हुन् । उनी राजा त्रिभुवन रानी ईश्वरीका छोरा राजकुमार बसुन्धरा, नेपालका पत्नी थिइन्।

छरितो तथ्यहरू हेलेन शाह, जन्म ...
Remove ads

जीवन

अधिराजकुमारी हेलेन शाहको जन्म काठमाडौंको बहादुर भवनमा भएको थियो । उनी जनरल नर शमशेर जङ्गबहादुर राणा, जो नेपाल प्रहरी महानिरीक्षक थिए, र उमा राज्य लक्ष्मीको छोरी थिइन् । []

उनको विवाह जुन १७,१९४५ मा अधिराजकुमार बसुन्धरासँग भयो ।[स्रोत नखुलेको] [ <span title="This claim needs references to reliable sources. (August 2020)">उद्धरण आवश्यक</span> ] उनीहरूका तीन बच्चाहरू थिएः

  • अधिराजकुमारी जयन्ती (२००३-२०५८ ), उनी नेपाली दरबार हत्याकाण्डमा मारिएकी थिइन
  • श्रीमती. केतकी चेस्टर (२००५- काठमाडौंमा जन्म) उनले ब्रिटिश एयरलाइन्ट पायलटसँग दोस्रो विवाह गरेर आफ्नो पदवी त्यागिन्।
  • अधिराजकुमारी ज्योत्साना नेपाल ।

अधिराजकुमारी हेलेन शाह १९८१ देखि १९९० सम्म नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थिइन्। १९७७ देखि १९९० सम्म, उनी राजसभाको सदस्य थिइन।[स्रोत नखुलेको] उनले पर्यटन प्रवद्र्धन गर्नर महिला अधिकारको बारेमा सचेतना जगाउनका लागि काम गरिन् ।

२०५८ जेठ १९ मा, दरबार हत्याकाण्ड राजपरिवारका १० सदस्यको हत्या भयो, आरोपी युवराज दीपेन्द्रको पनि मृत्यु भयो । मृत्यु भएका दसमध्ये हेलेनकी जेठी छोरी जयन्ती पनि एक थिइन्। राजकुमारी हेलेनकी दोस्रो छोरी केतकी चेष्टर पनि घाइते भएकी थिइन तर बाँचे। हत्याकाण्डको समयमा, अधिराजकुमारी हेलेन शाह आफ्नी भाउज, मुमा महारानी रत्न ( राजा महेन्द्रको रानी) सँग थिइन्, र ती दुई महिला बचे। उनीहरूले बन्दुकको आवाज सुने तर तिनीहरूलाई गम्भीर रूपमा लिएनन्। केही मिनेट पछि, अधिराजकुमार पारस आए र ती दुईलाई के भएको बताए। []

राजकुमारी हेलेनको स्वामित्वमा होटेल डे एल'अन्नपूर्णा, राजधानीको एक पाँच-तारे होटल हो, ट्राभल एजेन्सी "यती ट्राभल्स" र पोखरामा रहेको रिसोर्ट, फिशटेल लज छ , जुन दशकौ बर्षको विद्रोहको समयमा माओवादी छापामारहरूले बारम्बार लक्षित गरिएको थियो। । []

अधिराजकुमार बसुन्धराकी रानी राजकुमारी हेलेन शाहको २०६४ भदौ २६ मा छाउनीको राजा वीरेन्द्र सनिक अस्पतालमा क्यान्सरबाट मृत्यु भयो।

उनको जेठी बहिनी प्रिन्सेपको विवाह नेपालका अधिराजकुमार हिमालयसँग विवाह भएको थियो।

Remove ads

सम्मान

राष्ट्रिय सम्मान

  • ओम राम पट्ट
  • त्रिशक्ति पट्ट, पहिलो ।
  • गोरखा दक्षिण बाहु, पहिलो
  • राजा महेन्द्र राज्याभिषेक पदक
  • राजा वीरेन्द्र राज्याभिषेक पदक
  • दैबी प्रकोप पिडितोद्वार पदक
  • राजा वीरेन्द्रको गद्दी आरोहम रजत महोत्सव पदक
  • राजा ज्ञानेन्द्र अलंकार पदक

विदेशी सम्मान

सन्दर्भ

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads