From Wikipedia, the free encyclopedia
संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारको द्विसदनात्मक व्यवस्थापिकालाई अमेरिकी कंग्रेस (The United States Congress) भनिन्छ। सिनेट (Senate) एवं हाउस अफ रिप्रेजेन्टेटिब्स (House of Representatives) यसको दुई सदन हुन्। अमेरिकी कांग्रेसको बैठकहरु अमेरिकी राजधानी वासिङ्टन, डी.सी. मा अमेरिकी क्यापिटल हुन्छ। सिनेटर र प्रतिनिधिहरू प्रत्यक्ष चुनाव मार्फत छानिन्छन्, यद्यपि सिनेटमा रिक्त पदहरू गभर्नरको नियुक्तिद्वारा पूर्ति गर्न सकिन्छ। कांग्रेसमा ५३५ मतदान सदस्यहरू छन्: १०० सिनेटर र ४३५ प्रतिनिधि। सिनेटमा कुनै पनि प्रस्तावमा बाराबर मत भएको स्थितिमा मात्र ले मत हाल्न पाउँछ । प्रतिनिधिसभामा ६ गैर-मतदाता सदस्य छन् । [1]
अमेरिकी कंग्रेस United States Congress | |
---|---|
प्रकार | |
प्रकार | द्वि-सदनात्मक |
सदन | सिनेट हाउस अफ रिप्रेजेन्टेटिब्स |
इतिहास | |
स्थापित | मार्च ४, १७८९ |
पूर्ववर्ती | Congress of the Confederation |
नयाँ कार्यकालको सुरुवात | January 3, 2019 |
नेतृत्वकर्ता | |
अमेरिकी उप राष्ट्रपति / सिनेट अध्यक्ष | |
Speaker of the House | |
President pro tempore of the Senate | Chuck Grassley (R) पदासीन: January 3, 2019 |
संरचना | |
सिट | ५३५ मत दिने सदस्य
|
सिनेट political groups |
|
हाउस अफ रिप्रेजेन्टेटिब्स political groups |
|
निर्वाचन | |
सिनेट last election | November 6, 2018 |
हाउस अफ रिप्रेजेन्टेटिब्स last election | November 6, 2018 |
बैठक स्थल | |
United States Capitol वासिङ्टन, डी.सी. संयुक्त राज्य अमेरिका | |
वेबसाइट | |
www | |
संविधान | |
अमेरिकी संविधान |
अमेरिकी संविधानको धारा एकले कंग्रेसका सदस्यहरूको योग्यता तोकेको छ । उमेर कम्तिमा २५ वर्ष (हाउस अफ रिप्रेजेन्टेटिब्स) वा कम्तीमा ३० वर्ष (सिनेट) उमेरको हुनुपर्ने, कम्तिमा सात वर्ष (हाउस) वा नौ (सिनेट) वर्ष अमेरिकी नागरिक भएको हुनुपर्ने, र उनीहरूले प्रतिनिधित्व गर्ने राज्यको बासिन्दा हुनुपर्छ । दुबै सदनका सदस्यहरू असीमित संख्यामा पुन: निर्वाचनमा उठ्न सक्छन्।
संयुक्त राज्यको संविधानको धारा एकले भन्छ, "यहाँ प्रदान गरिएका सबै विधायी शक्तिहरू संयुक्त राज्यको कांग्रेसमा निहित हुनेछ, जसमा सिनेट र हाउस अफ रिप्रेजेन्टेटिब्स समावेश हुनेछ।" हाउस र सिनेट विधायी प्रक्रियामा समान साझेदार हुन् - दुवै सदनको सहमति बिना कानून लागू गर्न सकिँदैन। संविधानले प्रत्येक सदनलाई केही विशिष्ट शक्तिहरू प्रदान गरेको छ। सिनेटले सन्धिहरू अनुमोदन गर्छ र राष्ट्रपति नियुक्तिहरूलाई अनुमोदन गर्छ जबकि सदनले राजस्व वृद्धि बिलहरू सुरु गर्छ।
हाउस अफ रिप्रेजेन्टेटिब्सको विशेषाधिकारहरु निम्नांकित :
सिनेट को विशेषाधिकार:
कंग्रेसको दुवै सदनको वर्णित विशेषाधिकार को अतिरिक्त केही अधिकार यस्ता छन् जुन दुवै सदनलाई समान रूपमा मिलेको छ र दुवै सदन मिलेर संविधान अन्तर्गत यसको प्रयोग गर्छन्।
यी अधिकार निम्नलिखित छन् :
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.