अवतार
From Wikipedia, the free encyclopedia
यो लेख हिन्दूत्वमा भगवानको अवतारको बारेमा हो। अन्य प्रयोगको लागि अवतार (२००९ चलचित्र) हेर्नुहोस्। अवतार (स्पष्टता)को लागि अवतार (स्पष्टता) हेर्नुहोस्।
कुनै पनि देवी देवताले धर्म रक्षार्थ वा मानव कल्याणार्थ पृथ्वीमा मनुष्य अथवा पशु रूपमा अवतरित (रूप बदलेर) हुन्छन् भने त्यो रूपलाई नै त्यो देवताको अवतार भन्ने बुझिन्छ। जस्तै भगवान विष्णुले मानव कल्याण र धर्म रक्षाको लागि मत्स्य अवतार, नृसिंह अवतार, वामन अवतार आदिको रूपमा अवतार लिएका थिए।
मानव कल्याण र धर्म रक्षाकोलागि भगवान् विष्णुले मात्र न भै अन्य शिवादि देवताहरूले पनि अनेकौ पशु आदि अवतार लिएको कुरा हिन्दू धर्म ग्रन्थहरूमा प्रसस्त कथाका रूपमा पाईञ्छन् ।