![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3a/Bhagwan_beweging_gekwetst_door_reclame-affiche_van_het_NRC_met_de_tekst_profeet_%252C_Bestanddeelnr_933-0734-cropped.jpg/640px-Bhagwan_beweging_gekwetst_door_reclame-affiche_van_het_NRC_met_de_tekst_profeet_%252C_Bestanddeelnr_933-0734-cropped.jpg&w=640&q=50)
ओशो
From Wikipedia, the free encyclopedia
चन्द्र मोहन जैन (११ डिसेम्बर १९३१ - १९ जनवरी १९९०), आचार्य रजनीश नामबाट परिचित, सन् १९६० देखि १९८० को दशकसम्म भगवान श्री रजनीश र १९८९ देखि ओशोको नामले विश्व परिचित, एक भारतीय रहस्यवादी गुरु, आध्यात्मिक व्यक्तित्व तथा ओशो आन्दोलनका सुरुवातकर्ता थिए ।
छरितो तथ्यहरू ओशो, व्यक्तिगत विवरण ...
ओशो | |
---|---|
![]() सन् १९८२ मा आचार्य रजनीश | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | चन्द्र मोहन जैन |
उपनाम | ओशो |
जन्म | ११ डेसेम्बर १९३१ कुचवाडा, भोपाल राज्य, ब्रिटिस भारत (हाल मध्य प्रदेश, भारत) |
मृत्यु | १९ जनवरी १९९० (५८ वर्ष) पुना, महाराष्ट्र, भारत |
बन्द गर्नुहोस्
सन् १९६० को दशकमा उनले सार्वजनिक वक्ताको रूपमा पूरा भारतको यात्रा गरेका थिए। उनले राजनीतिज्ञहरू र राजनीतिक विचार, महात्मा गान्धी र संस्थागत धर्म बारेमा गरेको खरो आलोचनाले उनलाई विवादित बनाए जो आफ्नो विवादास्पद नयाँ धार्मिक (आध्यात्मिक) आन्दोलनको लागि चर्चित बनेका थिए। उनी भारत तथा संयुक्त राज्य अमेरिका पनि बसेका थिए। ओशोले प्रचलित धर्महरूको व्याख्या गर्दै प्रेम, ध्यान र खुसीहरूलाई जीवनका प्रमुख मूल्य मानेका थिए।