चाडपर्व
From Wikipedia, the free encyclopedia
चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचल तथा प्रथाहरू हुन् ।