नेपालका आठौं शाहवंशीय राजा From Wikipedia, the free encyclopedia
त्रिभुवन शाह नेपालका आठौँ शाहवंशीय राजा थिएँ। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिएँ। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिएँ। यिनी २०११ सालसम्म नेपालको राजा रहे।
त्रिभुवन शाह | |||||
---|---|---|---|---|---|
नेपालका राजा | |||||
शासनकाल | वि.सं. १९६८ मङ्सिर ६ - वि.सं. २०११ फागुन ३० ११ डिसेम्बर १९११ – १३ मार्च १९५५ (वि.सं. २००७ कात्तिक २५ देखि फागुन ७ सम्म निर्वासित ) | ||||
राज्याभिषेक | १९६९ फागुन २० २० फेब्रुअरी १९१३ | ||||
पूर्वाधिकारी | पृथ्वी वीर विक्रम शाह | ||||
उत्तराधिकारी | महेन्द्र वीर विक्रम शाह | ||||
जन्म | १९६३ अषाढ १७ ३० जुन १९०६ काठमाडौँ, नेपाल | ||||
मृत्यु | २०११ फागुन ३० १३ मार्च १९५५ (उमेर ४८) जुरीक, स्विजरल्यान्ड | ||||
जीवनसाथी | कान्ति राज्यलक्ष्मी देवी शाह इश्वरी राज्यलक्ष्मी देवी शाह | ||||
| |||||
दरबार | नारायणहिटी दरवार | ||||
वंश | शाह वंश | ||||
बाबु | पृथ्वी वीर विक्रम शाह | ||||
आमा | दिव्यश्वरी लक्ष्मी देवी शाह | ||||
धर्म | हिन्दु |
नेपाली काङ्ग्रेसको असोज ११—१२, वि.सं. २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो। २१ कात्तिक वि.सं. २००७ मा क्रान्तिको घोषणा भयो। यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कात्तिक २१ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे। तात्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले त्रिभुवनका चार वर्षीय माहिला नाति ज्ञानेन्द्रलाई गद्दी आरोहण गराए। तर कुनै भारतले ज्ञानेन्द्र वीर बिक्रम शाहलाई राजाको मान्यता नदिने सार्वजनिक घोषणाले राणा सरकार माथि दबाब बढ्यो। मोहन शमशेरले परिस्थिति नियन्त्रण बाहिर गएको देखे। उनले आफ्ना भाइ केशर शमशेर राणा, जो राजाका जेठान पनि थिएँ, र आफ्ना पुत्र विजय शमशेर राणालाई वार्ताको लागि दिल्ली पठाए। दिल्लीमा राजा त्रिभुवन, नेपाली कांग्रेस र राणा सरकारका प्रतिनिधिहरूको नयाँ परिस्थितिको बारेमा छलफल भयो।
देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौँमा मात्र सीमित रहन पुग्यो। स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे। वार्ताका लागि आफ्ना छोरा विजय शमशेरलाई दिल्ली पठाए। तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेब्रुवरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो। त्यसबेला भारतबाट गोविन्द नारायण उनका सल्लाहकार तथा सचिव भएर आए।
(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने
(ख) १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने
(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने
(घ) फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने
(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने।
तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र २००७ साल फागुन ७ गतेको शाही घोषणामा प्रजातन्त्र स्थापना भएको घोषणा गरे। यसरी १०४ वर्षे राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो। यद्यपि केही महिना सम्म मोहन शमशेर नै प्रधानमन्त्री बने। वि.सं. २००८ कात्तिकमा महोनशमशेरले राजीनामा दिए।
वि.सं. २००८ सालमा मोहनशमशेरको राजीनामासँगै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको सल्लाहमा राजा त्रिभुवनले २००७ सालको क्रान्तिको सरगमबाट भर्खरै बाहिर आएको ठुलो दल कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरे। मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेपाली कांग्रेसमा घरझगडा सुरु भयो। नेपाली कांग्रेसभित्र प्रधानमन्त्री ठुलो कि पार्टी सभापति ठुलो भन्ने बहसले निकै व्यापकता पायो। कांग्रेसको कलह घरझगडा अन्तत: पार्टी फुटमा नै पुग्यो।[1] २६ साउन २००९ मा मातृकाले प्रधानमन्त्रीबाट राजीनामा दिए। २ असार २०१० मा फेरि मातृकाप्रसादकै प्रधानमन्त्रीत्वमा ५ सदस्यीय मन्त्रिमण्डल गठन भयो।[2] त्यो सरकार राष्ट्रिय प्रजा पार्टीको थियो। १९ फागुन २०११ मा युवराजाधिराजको हैसियतमा तत्कालीन प्रमुख राज-प्रतिनिधि महेन्द्रले मातृकाप्रसादको सरकार विघटन गरे।[3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.