ध्वनि
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
ध्वनी कम्पन हो, जसलाई सुन्ने ईन्द्रीय, कानले महसुस् गर्छ। मेकानिकल कम्पन र हावाको चाप द्वारा ध्वनी उत्पादन हुन्छ। हामीले ध्वनि कसरी सुन्छौ त? ध्वनि सुनिनको लानि ध्वनिको स्रोतबाट हाम्रो कान सम्म ध्वनिको स्थान्तरण हुन जरुरी हुन्छ| ध्वनिको स्रोतबाट उत्त्पन्न भएको तरन्ग हावामा अवस्थित शुक्ष्म molecules हरू एक आपसमा एक पछि अर्को गर्दै ठोकिएर हाम्रो कान सम्म पुग्छ| र ती molecules हरूको मात्रा जति धेरै हुन्छ त्यतिनै तरङ्गको गति उतिनै छिटो हुन्छ|
ध्वनी ठोस, तरल र वायुबाट हिड्न सक्छ तर भ्याक्युमबाट भने सक्दैन। हावामा ध्वनीको गति ३३१.५ मिटर प्रति सेकेण्ड (०° सेल्सियसमा) हुन्छ। हावाको तापक्रम बढ्दै जाँदा ध्वनीको गति बढ्दै जान्छ। किनकि हावाको तापक्रम बढ्दै जादा मोल्युकल्सहरू छुट्टिदै जान्छ | ध्वनी एक लङ्गिच्युडनल् तरङ्ग हो। यसले रिफ्लेक्सन, रिफ्र्याक्सन, डिफ्र्याक्सन र इन्टरफरेन्स जस्ता गुणहरू देखाउँछ।
मानिसको कानले २० हर्ज देखि २० किलोहर्ज फ्रिक्वेन्सि सम्मका ध्वनीलाई सुन्न सक्छ। फ्रिक्वेन्सि २० किलोहर्ज भन्दा बढि भएका ध्वनीलाई अल्ट्रासाउण्ड तरङ्ग भनिन्छ। फ्रिक्वेन्सि २o हर्ज भन्दा कम भएका ध्वनी तरङ्गलाई इन्फ्रसाउण्ड तरङ्ग भनिन्छ। मानिसको कानले अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड तरङ्गलाई सुन्न सक्तैन। तर जनावरहरू सँग अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड सुन्न सक्ने क्षमता हुन्छ| अल्ट्रासाउण्ड सुन्ने जनावरहरूमा कमेरो, ह्वेल,मुसा आदि पर्छन भने इन्फ्रसाउण्ड सुन्ने जनावरहरूमा कुकुर्,हात्ती,कुखुरा,गाई आदि पर्द्छ्न्| भुइचलो पनि इन्फ्रासाउण्ड अन्तर्गत पर्दछ|त्येसैले भुइचलो आउनु भन्द केही क्षीण् अगाडि यी जनावरहरू कराउने गर्दछ| यिनि हरूले भुक्म्पको कम्पन् सुनिसकेको हुन्छ्न्|
ध्वनीका गुणहरू हुन् फ्रिक्वेन्सि, तरङ्गलम्बाई, एम्प्लिच्युड र गति।
तुलना: प्रकाश
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.