नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
From Wikipedia, the free encyclopedia
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) वा छोट्करीमा नेकपा एस नेपालको चौथो ठूलो राजनीतिक दल हो।[4] नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)बाट विभाजन भएपछि यो दल २०७८ भदौ २ गते निर्वाचन आयोग आधिकारिक रूपमा दर्ता भएको थियो।
छरितो तथ्यहरू नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), सभापति ...
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) | |
---|---|
![]() | |
सभापति | माधवकुमार नेपाल |
महासचिव | घनश्याम भूषाल |
स्थापना | २ भदौ २०७८ |
दर्ता | २०७८ भदौ ९ |
टुक्रिएको | नेकपा (एमाले) |
प्रमुख कार्यालय | मीन भवन, आलोकनगर, काठमाडौँ |
विद्यार्थी सङ्गठन | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (एकीकृत)[1] |
युवा सङ्गठन | युवा सङ्घ, नेपाल [1] |
श्रमिक सङ्गठन | एकीकृत ट्रेड युनियन महासङ्घ |
सक्रिय सदस्य (२०७८) | २,५०,०००[2] |
विचारधारा | साम्यवाद मार्क्सवाद-लेनिनवाद जनताको बहुदलीय जनवाद[3] |
राजनीतिक स्थान | वाम |
प्रतिनिधि सभा | २५ / २७५ |
राष्ट्रिय सभा | ९ / ५९ |
प्रदेश सभा | ५४ / ५५० |
सरकारको नेतृत्व गर्ने प्रदेशको सङ्ख्या | २ / ७ |
निर्वाचन चिह्न | |
![]() | |
राजनीतिक दलको झन्डा | |
![]() | |
वेबसाइट | |
www |
बन्द गर्नुहोस्
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस दलको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सम्मानित नेताका रूपमा कार्यरत छन्।[5]
भदौ २०७८ मा, पार्टीले नेपाली कांग्रेस नेतृत्वको देउवा सरकारको पक्षमा मतदान गरेको थियो र यो सत्तारूढ गठबन्धनको महत्वपूर्ण सहयोगी हो।[6] निर्वाचन आयोगमा केन्द्रीय समिति र सङ्घीय संसदीय दल दुवैमा बीस प्रतिशतभन्दा बढीको हस्ताक्षर सहित आफ्नो आवेदनको पुष्टि गर्दा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसँगै २ भदौ २०७८ मा यसले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो।[7]