नेपालको राष्ट्रपति
सङ्घीय प्रजातान्त्रिक गणतन्त्र नेपालको प्रमुख पद / From Wikipedia, the free encyclopedia
नेपालको राष्ट्रपति नेपाल अधिराज्यको प्रमुख र नेपाली सेनाको परमाधिपती हुन्छन्। राष्ट्रपति अप्रत्यक्ष रूपमा नेपालको सङ्घीय संसद र नेपालका प्रत्येक सात प्रदेशका प्रदेश सभाहरू सम्मिलित निर्वाचक मण्डलबाट निर्वाचित हुन्छन्। नेपालमा गणतन्त्रको स्थापना भएपश्चात् वि.सं. २०६५ जेठ १५ मा यो पद सिर्जना भएको थियो। नेपालको वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल हुन् उनले वि.सं. २०७९ फागुन २९ गते पद तथा गोपनीयताको सपथ लिएका थिए।
छरितो तथ्यहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति, सम्बोधन ...
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति | |
---|---|
नेपाल सरकार नेपाली सेना | |
सम्बोधन | सम्माननीय |
निवास | राष्ट्रपति भवन |
नियुक्तिकर्ता | अप्रत्यक्ष निर्वाचन |
अवधि | पाँच वर्ष नवीकरणीय एक पटक |
प्रथम पदाधिकारी | रामवरण यादव |
गठन | वि.सं. २०६५ जेठ १५ |
उप | नेपालको उपराष्ट्रपति |
वेबसाइट | www.presidentofnepal.gov.np |
बन्द गर्नुहोस्