From Wikipedia, the free encyclopedia
पोषण विज्ञान जीव विज्ञानको एक शाखा हो।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
पोषण स्वास्थ्य तथा विकासको एक मुख्य आधार हो। राम्रो पोषण भनेको रोग प्रतिरोधात्मक क्षमता वलियो, कम रोग र सवै उमेरका मानिसहरू स्वस्थ हुनु हो। पोषित बालबालिकाहरू वलिया र गरीवी संजाल तोड्नमा सफल मानिन्छन्। गरीवीको एउटा प्रमुख कारण कुपोषण पनि हो। संसारमा एक तिहाई बालबालिकाहरू कुपोषणको कारणवाट मर्छन्। संसारमा जति पनि रोगहरू छन् ति मध्ये धेरैको कारक कुपोषण हो। कुपोषणको कारणले संसारमा १७.८ करोड बालबालिकाहरू पुडको, कमतौल, ख्याउटे छन् र सवैभन्दा वढी कुपोषित बालबालिकाहरू ४१% एसियामा छन्।
नेपालमा पाँच वर्षमुनिका बालबालिकाहरूमध्ये झण्डै आधा संख्यामा बालबालिकाहरू कुपोषणबाट ग्रसित (ख्याउटे र कम तौल) छन्। राष्ट्रिय स्तरमा, पा“च वर्षमुनिकाको बाल मृत्यु दर प्रति हजारमा ६१ अनुमान गरिएको छ। शिशु मृत्यु दर प्रति हजारमा ४८ अनुमान गरिएको छ। प्रति १,००,००० जिबित जन्ममा २८१ का दरले हुने मातृ मृत्यु दर ज्यादै उच्च छ। प्रजनन उमेरका महिलाहरूमा हुने गरेको सम्पूर्ण मृत्युको पा“च भागको एक भाग गर्भावस्था तथा सुत्केरी हुने अवधिका जटिलताहरूस“ग गा“सिएको छ (डि.एच.एस, सर्भे २००६)। नेपालमा सुक्ष्म पोषणको कमी पनि व्याप्त छ। ६८ प्रतिशत सामान्य महिलाहरू, ७५ प्रतिशत गर्भवती महिलाहरू र ७८ प्रतिशत विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू रक्त अल्पताले ग्रसित छन् (नेपाल माईक्रोन्युट्रियन्ट्स स्टेटस सर्भे, १९९८)। प्रायः जसो नेपालमा चार प्रकारका कुपोषण भएको पाइन्छ। प्रोटिन शक्ति कुपोषण, आयोडिनको कमी, भिटामिन ए कमी र आइरनको कमी वा रक्तअप्तला।
मानिसका प्रती दिनका औसत आवश्यकताहरू
सि.नं. | मानिस | शक्ति/उर्जा(केक्याल) | प्रोटीन (ग्राम) | चिल्लो पदार्थ (ग्राम) | कैफियत |
---|---|---|---|---|---|
१ | पुरुष | २२५० | |||
२ | महिला | उदाहरण | |||
३ | ०-४ वर्षम्मको वच्चा | १३२० | |||
४ | औसत मानिसका प्रति दिनका औसत आवश्यकताहरू | २१०० ५२-६३ ग्राम १०- १२% कूल उर्जा १५% | ४० ग्राम १७ % कूल उर्जा | भिटामिन ए, थायमिन,फोलिक अम्ल, आयोडिन, अन्य खनिज पदार्थ |
गर्भवती महिला
सुत्केरी महिला १९१० +२८५ बढी
+५०० बढी
स्रोतः स्पियर परियोजना
औसत रूपमा खाद्यमा निर्भर मानिसको लागि २१०० केक्याल/ किक्यालोरी प्रति दिन प्रति व्यक्ति शक्ति तथा माथि उल्लेखित प्रोटिन, खनिज र अन्य सुक्ष्मपोषण पदार्थ भए उनीहरू स्वस्थ तथा पोषित हुन्छन्। यहाँ तिन वटा मात्रै सूचक राखेर विश्लेषण गरिएको छ जव कि मानिसको शरीरलाई अन्य धेरै प्रकारको भिटामिन, माईक्रोन्युट्रियन्ट्स र अन्य सुक्ष्मपोषण पदार्थहरूको आवश्यकता हुन्छ। नेपालमा प्रायः जसो खानेकुराहरूको पौष्टिक तत्व परिमाण तल जानकारीको लागि दिइएको छ।
पौष्टिक तत्व परिमाण प्रति १०० ग्राम खाद्यान्नमा सि.नं. खाद्दान्न खाद्यान्न शक्ति/उर्जा (केक्याल) प्रोटीन (ग्राम) चिल्लो पदार्थ (ग्राम) १ चामल ३६० ७ ०.५ २ गहुँको पिठो ३५० ११.५ १.५ ३ मकैको पिठो ३६० ९ ३.५ ४ मकै भटमास गहुँ मिश्रित पिठो ३७० २० ६ ५ आलु गुलियो ११४ १ ०.३ ६ भैंसीको दुध १०२ ३.८ ७.५ ७ अण्डा १५८ १४ ११.५ ८ दाल ३४० २० ०.६ ९ खाने तेल ८८५ — १०० १० तरकारी मिसाएको ३० १ ११ चिनी ४०० — — १२ खसीको मासु २४९ १५ २१ १३ कुखुराको मासु १३९ १९ ७
स्रोतः आकास्मिक हयान्ड वुक
वर्तमान अवस्थाः
नेपालको पहाडी र हिमाली भेगमा खाद्यान्न कम उत्पादन हुने हुनाले कुपोषण समस्या धेरै छ। वर्षरि पुग्ने खाना परिवारमा हुदैन साथै स्वास्थ्य सेवाको पहुँच पनि ज्यादै कम छ। पिउन योग्य पानी र उचित सरसफाइ पनि छैन। यसले गर्दा बच्चाहरू दीर्घकालीन रूपमा कुपोषित भई कम तौल, ख्याउटे र पुड्कासमेत हुने गरेका छन् तापनि यो पनि सत्य हो कि नेपालको अरु भागहरूमा (विशेष गरी तर्राई) पनि लौह तत्व, भिटामिन, आयोडिन तथा खनिज लवणहरूको कमी टड्कारो रूपमा छ। यु.एन.डि.पि.को पछिल्लो रिपोर्ट अनुसार ४८% बालबालिकाहरू नेपालमा हाल कुपोषित छन् र २१% नेपालीहरूको प्रति दिनको आम्दानी १ डलर कम छ।
पूर्वी नेपालको तुलनामा मध्य र सुदूर पश्चिमका बालबालिकाहरू बढी कुपोषित देखिएको छ। कर्न्र्सन वर्ल्डवाइड नेपालले गत डिसेम्वर २००८मा जाजरकोटमा गरेको सर्वेक्षण अनुसार जाजरकोटमा उच्चतम कुपोषित बालबालिकाहरू १०.५% रहेको छ। पोषिलो खानाको अभावमा प्रायः जसो पहाडी भू-भागमा करीव ३५-४० वर्षी महिलाहरू ५०-५५ वर्षउमेरका देखिन्छन्। मध्य र सुदुरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरूमा प्रायः ८० प्रतिशत भन्दा बढी महिलाहरू र विद्यालय जाने उमेर नपुगेका बालबालिकाहरू कुपोषणवाट प्रभावित छन्। खाद्य तथा कृषि सङ्गठनको अध्ययन अनुसार करीव ४१% नेपाली जनताहरूमा न्यूनतम चाहिने केक्याल/क्यालोरी अपुग भएको पाइएको छ। यो प्रतिशत शहरको तुलनामा ग्रामिण क्षेत्रमा १% वढी छ।
कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष १ लाख ३३ हजार मेटि्रक टन खाद्यान्न अभाव रहेको छ। सुख्खा र वाढीका कारण आगामी वर्ष ४ लाख टन खाद्यान्न अपुग हुने प्रारम्भिक अनुमान गरिएको छ। विगतको २-३ वर्षा नेपालमा खाद्य सुरक्षाको स्थितिमा निरन्तर र नराम्रो रूपले हा्रस आएको छ। विगत वर्ष उपभोग्य खाद्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको तथ्य र्सवविधितै छ। खाद्य तथा कृषि सङ्गठनको तथ्यांक अनुसार खाद्य वस्तुको मूल्य २००६मा ९%, २००७मा २४% तथा विगतको १२ महिनामा ५१%ले वढेको छ। जसले गर्दा विश्वका कम्तिमा १ अर्व मानिस गरीबी रेखामुनी धकेलिएका छन्। नेपालमा हाल ३८ जिल्लामा खाद्यान्न अपुग भएको तथ्य सार्वजनिक भएको छ र यस वाट करीव ३५ लाख जनता खाद्य असुरक्षाको चपेटामा परेका छन्। खाद्य पदार्थको उच्च मूल्य वृद्धिले मातृ तथा शिशुको स्वास्थ्यलाई प्रत्यक्षरूपमा प्रभाव पारेको छ। किनभने कुनै पनि घरको पोषण अवस्था पोषणयुक्त खाद्य पर्याप्यता, स्वास्थ्य तथा सरसफाईमा पहुँच र मातृ तथा शिशु स्याहारको अभ्यासमा भर पर्छ।
प्रायःजसो पहाडी भू-भागको गाँउघरमा धान काटे पछि मानिसहरू विहान पनि भात, दिउसो पनि भात र वेलुकी पनि भातै खाने गरेका देखिन्छन्। त्यसैगरी खेत बारीमा गहूँ काटिन्छ अनि विहान, दिउसो र राती रोटी मात्रै खाएको देखिन्छ। त्यसपछि मकै वा जो वा कोदो वा फाफरको रोटी तिनै समय खाएको देखिन्छ। ती खाद्य असुरक्षित जिल्लाहरूमा मानिसहरू यस्तो खाना रोज्नुपर्ने वाध्यताले स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। हाल नेपाल सँगै सम्पूर्ण संसार खाद्य सुरक्षाको वढ्दो भयावह अवस्थाबाट गुजिरहेको परिस्थिति छ किनभने खाद्यान्न पदार्थको मूल्य अकाशिदै छ र खाद्यान्न उत्पादन जलवायु परिवर्तन सँगै धेरै मात्रामा घटिरहेको छ। जसले गर्दा नेपालको विशेष गरी पहाडी तथा हिमाली जिल्लाहरूमा कुपोषणमा लगातार वृद्धि भएको छ, तथापी, केही शहरी मानिसहरू उच्च मोटोपनवाट पनि पिडित छन्।
निष्कर्ष तथा सुभावहरूः
परिवर्तित परिस्थितिले मानिसका सामान्य खानपान तथा स्वास्थ्य सम्बन्धी चालचलनलाई बिथोल्न सक्छन्। त्यसैले खाद्य स्वास्थ्यलाई प्रवर्द्धन गर्नु तथा रोगका ढाँचाहरूसँग मेल खाने उपायहरूलाई सक्रियता साथ अवलम्वन गर्नु अहिलेको आवश्यकता हो। जस्तै सरसफाई, जलप्रदूषण बचाउने, कीरा आदि नियन्त्रण गर्ने उपायको कार्यान्वयनमा जोड दिनु हो। खाद्य अभाव हुने जिल्ला वा गा.वि.स.हरूमा मानिसलाई घरपरिवारको तहमा खाद्यान्नलाई सुरक्षित ढङ्गले भण्डारण तथा व्यवस्थापन कसरी गर्ने भनी राज्य वा सम्वन्धित संध संस्थाहरूले निरन्तररूपमा जानकारी गराउनुपर्छ। स्वास्थ्य स्याहारकर्ताहरूलाई मातृ तथा शिशु आहारका घरेलु स्रोतहरूको अधिकतम प्रयोग गर्ने, खाना तयार पार्ने सुरक्षित तरिकाहरूवारे जानकारी दिनु पर्छ। तल केही नेपाल सुहाँउदो खाने कुरा मिसाएर खाने तरिकाहरू उदाहरणका लागि दिइएको छ, जसलेगर्दा मानिसले प्रतिदिन सन्तुलित आहारवाट पाउने पर्ने शक्ति, प्रोटिन र खनिज पदार्थ तथा अन्य चाहिने पौष्ट्रिक तत्व प्राप्त गर्न गरोस्।
खाद्यान्न परिकार खाद्यान्न खाने प्रति व्यक्ति प्रति दिन (परीमाण ग्राममा) खाद्यान्न प्रकार खाद्यान्न खाने प्रति व्यक्ति प्रति दिन -परीमाण ग्राममा)
तरीका १ तरीका २ तरीका ३ तरीका ४ तरीका ५
अन्न पिठोको/चामल ४०० ४२० ३५० ४२० ४५० दाल ६० ५० १०० ६० ५० खानेतेल (भिटामिन ए मिश्रण भएको) २५ २५ २५ ३० २५ माछा/मासु — २० — ३० — मकै भटमास गहुँ मिश्रण पिठो ५० ४० ५० — — चिनी १५ — २० २० २० आयोडिन नून ५ ५ ५ ५ ५ ताजा तरकारी फलफूल — — — — १०० मसाला — — — — ५ जम्मा-ग्राम/दिन/व्यक्ति) ५५५ ५६० ५५० ५६५ ६५५
माथिको खाद्यान्न रासनवाट प्राप्त हुने औसत पौष्ट्रिक तत्व परिमाणहरू शक्ति (क्यासेल) २,११३ २, १०६ २,०८७ २,०९२ २,११६ प्रोटिन (ग्राम र % क्यासेल) ५८ ग्राम ११ % ६०ग्राम ११ % ७२ ग्राम १४ % ४५ ग्राम ९ % ५१ ग्राम १० %
खनिज पदार्थ (ग्राम र % क्यासेल) ४३ ग्राम १८ % ४७ ग्राम २० % ४३ ग्राम १८ % ३८ ग्राम १६ % ४१ ग्राम १७ %
स्रोतः आकास्मिक हयान्ड वुक
हुनत् पर्याप्त खानाको अधिकारलाई केक्याल/क्यालोरी, प्रोटिन, खनिज पदार्थ तथा अरु पौष्टिक तत्व रहेको न्यूनतम प्याकेजसँग तुलना गर्नु एक संकीर्ण विचार हो भनिन्छ तर धेरै जसो पहाडी वा हिमाली वा तराईको भू-भागमा खाने कुराहरू नमिसाएर खानाले कुपोषणको अवस्था झन वढदो रूपमा देखिएको छ। तर्सथ खानमा विभिन्न प्रकारको तरकारी र फलफूल प्रयोग गरिनुपर्छ। खानामा सधै विभिन्न खाने कुराहरू मिसाएर खाने वानी बसाउनु नितान्त जरुरी छ। सकेसम्म खानामा नून, चिनी, चिल्लो पदार्थ खाने तेलको कम प्रयोग गर्नु पर्छ। खानेकुरा मिसाएर खानाले ८०-९०% कुपोषणको समस्या समाधान हुन्छ। माथि दिइएका तरीकाहरू वाहेक छ महिना सम्मका वच्चाहरूलाई आमाको दुधमात्र खुवाउन हामी सवैको प्रयास हुनु पर्दछ। नेपालमा हाल विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संध संस्थाहरूले पोषण कार्यक्रम विभिन्न जिल्लाहरूमा आ-आफनै किसिमले गरिरहेका छन्। जिल्लामा कार्यरत यस्ता सङ्घ संस्थाहरूले एकीकृत रूपमा मिलेर पोषण कार्यक्रममा सहयोग गर्दा असर धेरै प्रभावकारी वनाउन सकिन्छ।
अत्याधिक मूल्यवृद्धि, खाद्यान्न अभाव, कम उत्पादन, कमजोर स्वास्थ्य सेवा आदीले गर्दा सहृशताव्दी विकास लक्ष्यहरू २०१५ भित्र प्राप्त गर्न सक्ने अवस्था देखिदैन्। यसले गर्दा मातृ शिशुको कुपोषण अवस्थालाई अगामी दिन निकै वढाउने छ र विशेष गरी गर्भवती महिलाहरू यसवाट वढी जोखिममा पर्ने देखिन्छन्। तसर्थ सवै पक्षवाट खाद्यान्न मूल्यवृद्धि न्यूनिकरण गर्न पहल गर्नु पर्छ, जसले गर्दा नेपाली जनताको परीमाण भन्दा पनि गुणस्तरयुक्त खाद्यान्न प्राप्त गर्ने अधिकार (राइट टु फुड)मा पहुँच हुन सकोस्। यसको कार्यान्वयन अति श्रि्र हुनुपर्छ। यसलाई आकस्मिक वा मानविय सहयोगको साथ साथै दीर्घकालीन रूपमा सम्वोधन गर्न विकासे कार्यक्रमहरू प्राथमिकताकासाथ लागु गर्नु पर्दछ। साथै स्थानीय संस्कृती अनुरूप खाद्य वस्तुको उत्पादन र उपभोग गर्न प्रोत्साहन गरिनु पर्दछ। स्थानीय स्तरमा उपलब्ध खाद्य पदार्थवाट कम्युनिटी स्थानिय मेनु विकास तथा विस्तार गरिनु पर्दछ। विद्यालय तथा कलेज स्तरको स्वास्थ्य बिषयको पाठ्यक्रममा खाद्य स्वच्छता तथा पोषण विषय समावेश पहल गरिनु पर्छ।
अन्तरिम संविधान २०६३को भाग ३ मौलिक हकमा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी हक, प्रत्येक बालबालिकलाई पालनपोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हक र प्रत्येक नागरिकलाई कानुनमा व्यवस्था भए बमोजिम खाद्य संप्रभुताको हक हुनेछ भनिएको छ।
साथै मानवअधिकार घोषणापत्र धारा २५, आर्थिक, सामाजिक तथा सांस्कृति अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धाराहरूले पनि खाना सम्बन्धी अधिकारलाई संरक्षण गरेको छ। यी माथिका धारा र उपधाराहरूले संरक्षण गरेको समानता भेदभाव रहित सिद्धान्त खाद्यान्न सम्बन्धी अधिकारमा पनि लागु हुन्छ। खाद्यान्न प्राप्त गर्ने अधिकार (राइट टु फुड) तब मात्र बोध हुन्छ। जब महिला, केटी, केटा र पुरुष समुदायमा एक्लै वा अरुसँग रहँदा भौतिक तथा आर्थिक रूपमा संस्कृति स्वीकार्य खाद्यान्न र तिनको उपलब्धिका साधनहरूमा पर्याप्त पहुँच रहन्छ। यस्तो पहुँचलाई राज्यले सुनिश्चित गर्नुपर्छ र ति क्षेत्रमा काम गर्ने संध संस्थालाई पनि सोही अनुसार गर्न गराउन लगाउनुपर्छ अनी मात्र हामीले खोजेको स्वस्थ समाज निर्माण सकार गर्न सक्छौँ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.