वेब खोज संयन्त्र From Wikipedia, the free encyclopedia
बिङ एक वेब खोज संयन्त्र हो जसलाई अमेरिकी बहुराष्ट्रिय इन्टरनेट निगम माइक्रोसफ्टको नियन्त्रणमा रहेको छ। यो माइक्रोसफ्टद्वारा सञ्चालित छ। यस सेवाको उत्पत्ति माइक्रोसफ्टका अघिल्ला खोज संयन्त्रहरूबाट भएको थियो जसमा एमएसएन खोज , विन्डोज प्रत्यक्ष खोज तथा प्रत्यक्ष खोज समावेश छ। बिङले वेब, श्रव्य दृश्य, तस्वीर र नक्सा खोज उत्पादनहरू सहित विभिन्न खोज सेवाहरू प्रदान गर्दछ। यसलाई एएसपि डटनेट प्रयोग गरेर विकस गरिएको थियो।
साइटको प्रकार | खोज संयन्त्र |
---|---|
उपलब्ध भाषा | ४० भाषाहरू |
मालिक | माइक्रोसफ्ट |
सर्जक | माइक्रोसफ्ट |
आय | बिङ विज्ञापन |
युआरएल | www |
अलेक्सा क्रम | ३२ (अप्रिल २०१०)[1] |
व्यवसायिक | हो |
दर्ता | वैकल्पिक (माइक्रोसफ्ट खाता) |
चालु भएको मिति | जुन ३, २००९ |
वर्तमान स्थिति | चालू |
लेखिएको भाषा | एएसपी डटनेट[2] |
माइक्रोसफ्टको प्रत्यक्ष खोजलाई बिङद्वारा प्रतिस्थापन गरिएको थियो जसलाई माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत स्टिभ बाल्मरले २९ मे २००९ मा सान डिएगो, क्यालिफोर्नियामा आयोजित अल थिङ्स डिजिटल नामक सम्मेलनमा सेवाको अनावरण गरेका थिए।[3] त्यस समयमा खोज सुझावहरूको सूची र सम्बन्धित खोजको सूचीहरूमा आधारित खोज सुझावहरूलाई सेवामा समावेश गरिएको थियो जुन पावरसेट नामक प्रविधिमा आधारित थियो। पावरसेट प्रविधिलाई माइक्रसफ्टले सन् २००८ मा अधिग्रहण गरेको थियो।[4]
२९ जुलाई २००९ मा, माइक्रोसफ्ट र याहु! एक सम्झौतामा हस्ताक्षर गरेका थिए जसमा माइक्रोसफ्टको खोज संयन्त्र बिङले याहु! खोजलाई थप शक्तिशाली बनाएको थियो।[5] सन् २०१२ को सुरुवात तिर, याहु!का विश्वव्यापी ग्राहक र साझेदारहरू सेवामा समक्रमित भएका थिए। उक्त सम्झौता सन् २०१५ मा बदलिएको थियो र याहु! खोजले व्यापक खोजीका लागि मात्र बिङको प्रयोग गरेको थियो।[6]
अक्टोबर २०११ मा, नयाँ सूचकाङ्क प्रविधि र प्रयोगकर्ताको लागि छिटो तथा सान्दर्भिक खोज परिणामहरू प्रदान गर्ने लक्ष्यका साथ यसले नयाँ खोजी पूर्वाधारहरूमा काम गरिरहेको बताएको थियो जसलाई निगमले "बाघ" (अनुवादित नाम) नामकरण गरेको थियो।[7] नयाँ सूचकाङ्क प्रविधि उक्त वर्षको अगस्ट देखि विश्वव्यापी रूपमा बिङमा समावेश गरिएको थियो।[8] मे २०१२ मा, माइक्रोसफ्टले आफ्नो खोज संयन्त्रको अर्को पुन: बनोटको घोषणा गरेको थियो[9] जसमा "पक्षपट्टी" समावेश गरिने बताइएको थियो जुन एक सामाजिक सुविधा हो भने यसले खोज प्रश्नसँग सम्बन्धित जानकारीको लागि प्रयोगकर्ताको सामाजिक सञ्जालहरूको खोजी गर्ने गर्दछ।[10]
अक्टोबर २०१८ सम्ममा , बिङ विश्वव्यापी वेबमा तेस्रो ठूलो खोज संयन्त्र थियो जसले ४.५८% बजार साझेदारी गरेको थियो भने यसका प्रतिस्पर्धीहरू क्रमश: गुगल (७७%), बायदु (१४.५४%) र याहु! (२.६३%) हुन्।[11]
माइक्रोसफ्टले मूल रूपमा सन् १९९८ मा इङ्कटोमीबाट खोज परिणामहरूको प्रयोग गर्दै एमएसएन खोजको सुरुवात गरेको थियो जसले खोज संयन्त्र, सूचकाङ्क, र वेब सरिसृप समावेश गर्दथ्यो। सन् १९९९ को सुरुवातमा, एमएसएन खोजले छोटो समयको लागि लुक्समार्टबाट सूचीकृत इन्क्टोमीको परिणामहरूको साथ सेवाको एक संस्करण सुरु गरेको थियो। माइक्रोसफ्टले एमएसएन खोजको लागि आफ्नै वेब सरिसृप बनाएर वेब खोजीमा ठूलो लगानी गर्ने निर्णय गरेको थियोे जसको सूचकाङ्कहरू साप्ताहिक वा कहिलेकाँही दैनिक रूपमा अद्यावधिक गरिएको थियो। उक्त पदोन्नति परीक्षण संस्करणको रूपमा नोभेम्बर २००४ मा सुरु भएको थियो र फेब्रुअरी २००५ मा यो परीक्षण संस्करणबाट बाहिर आएको थियो।[12] यसको प्रतिउत्तरमा प्रतिस्पर्धी याहु! खोज आफ्नो छुट्टै सरिसृप प्रक्षेपण गरेको थियो। यसमा तस्वीर खोजी तेस्रो पक्ष, पिकसर्चद्वारा सञ्चालित थियो। सेवाले बजारमा राम्रो प्रतिस्पर्धा गर्नको लागि अन्य खोज संयन्त्र वेबसाइटमा पनि यसको खोजी परिणामहरू प्रदान गर्न सुरु गरेको थियो।
विन्डोज प्रत्यक्ष खोजको पहिलो सार्वजनिक परीक्षण संस्करण ८ मार्च २००६ मा अनावरण गरिएको थियो। यसको अन्तिम संस्करणको जारी ११ सेप्टेम्बर २००६ मा गरिएको थियो र लगत्तै एमएमएन खोजको प्रतिस्थापन गरिएको थियो। उक्त नयाँ खोज संयन्त्रले खोज ट्याब प्रयोग गरेको थियो जसमा वेब, समाचार, तस्वीर, सङ्गीत, डेस्कटप, नक्सा, र माइक्रोसफ्ट इन्कार्टा समावेश गरेको थियो।
विन्डोज प्रत्यक्ष खोजको सुरुवातसँगै, माइक्रोसफ्टले पिक्सर्चलाई उनीहरूको तस्वीर खोज प्रदायकको रूपमा प्रयोग गर्न रोकेको थियो र आफ्नै तस्वीर खोजी गर्न सुरू गरेको थियो। [13]
प्रत्यक्ष खोजको गृहपृष्ठले पछि बिङको गृहपृष्ठ सृजना गर्न मद्दत गरेको थियो। २१ मार्च २००७ मा, माइक्रोसफ्टले आफ्नो खोज विकासहरूलाई विन्डोज प्रत्यक्ष सेवा परिवारबाट अलग गर्ने र सेवालाई प्रत्यक्ष खोजको रूपमा पुन: नामकरण गर्ने घोषण गरेको थियो। प्रत्यक्ष खोजलाई प्रत्यक्ष खोज र विज्ञापन मञ्चमा एकीकृत गरिएको थियो जसलाई सत्य नाडेलाको नेतृत्वमा विज्ञापन मञ्च, माइक्रोसफ्टको मञ्च र प्रणाली विभागको अंशको रूपमा प्रयोग गरिएको थियो। यस परिवर्तनको अंशको रूपमा, प्रत्यक्ष खोज माइक्रोसफ्ट विज्ञापन केन्द्र साथ समायोजन गरिएको थियो।[14]
माइक्रोसफ्टको खोज प्रस्तावहरूको पुनर्गठन र शृङ्खला प्रत्यक्ष खोज ब्रान्ड अन्तर्गत बनाइएको थियो। २३ मे २००८ मा, माइक्रोसफ्टले प्रत्यक्ष खोज पुस्तकहरू र प्रत्यक्ष खोज शैक्षणिकलाई बन्द गर्ने घोषणा गरेको थियो र सबै शैक्षिक सामग्री तथा पुस्तक खोज परिणामहरूलाई नियमित खोजमा एकीकृत गरेको थियो र परिणाम स्वरूप यसले प्रत्यक्ष खोज पुस्तक प्रकाशक कार्यक्रम बन्द गरेको थियो।त्यसको लगत्तै, विन्डोज प्रत्यक्ष प्रतिपादक ३१ जुलाई २००८ मा बन्द गरिएको थियो।प्रत्यक्ष खोज सेवा अन्तर्गत, प्रयोगकर्ताहरूका लागि उनीहरूको आफ्नै अनुकूलित खोज संयन्त्रहरू सृजना गर्न वा अन्य प्रयोगकर्ताहरूद्वारा निर्मित सामग्रीहरू प्रयोग गर्ने सेवा पनि पछि बन्द गरीएको थियो। व्यापारीहरूलाई प्रत्यक्ष खोज उत्पादहरूमा जानकारी उर्ध्वभरण गर्न अनुमति दिने प्रत्यक्ष उर्ध्वभरण उत्पादन नामक सेवालाई १५ मार्च २००९ मा बन्द गरिएको थियो। यसको प्रश्नोत्तर सेवा एमएसएन प्रश्नोत्तरलाई २१ मे २००९ मा, बन्द गरिएको थियो।[15]
माइक्रोसफ्टले ब्रान्ड नाम "प्रत्यक्ष" रहँदा समस्या हुन सक्ने बताएको थियो। माइक्रोसफ्टका खोज सेवाहरूको लागि नयाँ परिचय सृजना गर्ने प्रयासको रूपमा, प्रत्यक्ष खोजलाई आधिकारिक रूपमा ३ जुन २००९ मा बिङद्वारा प्रतिस्थापन गरेको थियो।[16]
बिङ नाम फोकस समूहहरूको माध्यमबाट छनोट गरिएको थियो र माइक्रोसफ्टले उक्त नाम यादगार, छोटो, हिज्जेमा सजिलो र यो विश्वभरि युआरएलको रूपमा राम्रोसँग काम गर्ने निर्णय लिएको थियो। [17] शब्दले मानिसहरूलाई "खोजी र निर्णय लिने क्षणको समयमा बनिरहेको आवाज" सम्झाउनेछ विश्वास लिइएको थियो।[18] यस शब्दको 'बिङ्गो' शब्दसँग पनि समानता छ, जसको अर्थ खोजी गरिएको कुरा भेटियो वा महसुस भयो हुँदा बिङ्गो नामक खेल जित्दा जस्तै अनुभव हुने बताएका छ।[19] बिङको नाम अङ्ग्रेजी शब्द "बेस्ट इज नट गुगल" को छोटो रूपमा भएको अफवाहहरू भेटिएका छन्। [20]
सञ्चार माध्यम गार्जियनका अनुसार बिङ शब्द, बिङ इज नट गुगल (अनुवादित नाम = बिङ भनेको गुगल होइन), भन्ने शब्दबाट आएको भनेर पुष्टि नगरेको बताएको थियो।[21] माइक्रोसफ्ट अनलाइन सेवाका अध्यक्ष छिई लुले बिङको आधिकारिक चिनियाँ नाम बि यिङ् (सरलीकृत चिनियाँ: 必 应; परम्परागत चिनियाँ: 必 應) को शाब्दिक अर्थ "प्रतिक्रिया दिन एकदमै निश्चित" वा चिनियाँ भाषामा "उत्तर दिन निश्चित" भएको घोषण गरेका थिए।[22][23][24]
माइक्रोसफ्टको बिङ र उनीहरूको उत्पादन बिङ्गोबिङ् दुबै अनलाइन उत्पादन खोज गर्ने बजारमा भ्रम पैदा गर्न सक्छ भन्ने आरोप लगाउँदै ३१ जुलाई २००९ मा, द ल्याप्टप कम्पनी, निगमले एक प्रेस विज्ञप्तिमा बिङको व्यापारीक प्रतिक अनुप्रयोगलाई चुनौती दिने बताएका थियो सफ्टवेयर कम्पनी टेराबाइट अनलिमिटेडको बिङ नामक उत्पादनले यसको व्यापारिक प्रतिक अनुप्रयोगसँग प्रतिस्पर्धा गरेको थियो।[25]
२९ जुलाई २००९ मा, माइक्रोसफ्ट र याहु!ले १० वर्षे सम्झौता गरेको घोषण गरेको थियो जसमा याहु! खोज संयन्त्र बिङमा बदलिने तर दृश्य पाठ याहुकै राखिने जनाइएको थियो।[26] सम्झौताको पहिलो पाँच वर्षको लागि यसको साइटमा सबै खोज विज्ञापन बिक्रीबाट ८८% राजस्व राख्न पाउने, र केही माइक्रोसफ्ट साइटहरूमा विज्ञापन बेच्ने अधिकार रहेको थियो।[27] सन् २०१२ को सुरुवात तिर, याहु!का विश्वव्यापी ग्राहक र साझेदारहरू सेवामा समक्रमित भएका थिए। उक्त सम्झौता सन् २०१५ मा बदलिएको थियो र याहु! खोजले व्यापक खोजीका लागि मात्र बिङको प्रयोग गरेको थियो।[28]
बिङ सुरुवात अघि माइक्रोसफ्ट वेब खोज पृष्ठहरूको बजार साझेदारी (एमएसएन र प्रत्यक्ष खोज) न्युन थियो। जनवरी २०११ सम्म, एक्सपेरियन हिटवाइज नामक कम्पनीले बिङको बजार साझेदारी याहुको १२.८% सम्म पुगेको देखाएको थियो।[29] समान अवधिमा, कमस्कोरको सन् २०१० मा गरेको एक समीक्षा प्रतिवेदनले बिङले सन् २०१० मा, ठूलो फड्को मार्दै बजार साझेदारी २९% कयम गरेको देखाएको थियो।[30] वाल स्ट्रिट जर्नलले बजार साझेदारीमा यसले १% फड्को मारेको बताएको थियो। फेब्रुअरी २०११ मा, बिङले याहुलाई उछिन्दै पहिलो पटक ४.३७% बजार साझेदारी गरेको थियो जसमा याहुले जम्मा ३.९३% बजार साझेदारी प्राप्त गरेको थियो।मुख्य खोजीहरू मात्र गणना गर्दा, संयुक्त राज्य अमेरिकामा सन् २०११ को दोस्रो त्रैमासमा बिङले १४.५४ बजार साझेदारी कायम गरेको थियो।[31]
संयुक्त रूपमा बिङद्वारा सञ्चालित अमेरिकी खोजी सन् २०११ मा २६.५%बाट घटेर अप्रिल २०१२ मा २५.९% पुगेको थियो।[32][33][34] नोभेम्बर २०१५ सम्ममा यसको बजार साझेदारी २०.९% सम्म घटेको थियो।[35] अक्टोबर २०१८ सम्ममा, बिङ ४.५८% का साथ अमेरिकाको तेस्रो सबैभन्दा ठूलो खोज संयन्त्र बनेको थियो जहाँ यसका प्रमुख प्रतिद्वन्द्वी गुगल (७७%) र चिनियाँ खोज संयन्त्र बायदु (१४.४५%) कायम गरेका थिए भने उक्त समयमा बिङद्वारा सञ्चालित याहु! खोजले २.६३% कायम गरेको थियो।[36]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.