From Wikipedia, the free encyclopedia
ब्रूस ली एक हङकङ अमेरिकन मार्सल आर्टिस्ट, हङकङको चलचित्र क्षेत्रका द्वन्द कलाकार तथा चलचित्र निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो । उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । उनले धेरै चलचित्रमा बालकलाकारको समेत भूमिका निर्वाह गरेका थिए । उनीले १८ वर्षको उमेरमा अमेरिका गई उच्च शिक्षा हासिल गरेका थिए र त्यसै समय उनले मार्सल आर्टपनि सिकाउने गर्दथे । उनी हङकङ र अमेरिकी दोहोरो नागरिक थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा स.न् १९७३ को जुलाई २० मा भएको थियो ।
ब्रूस ली | |
---|---|
जन्म | स.न् १९४० नोबेम्बर २७ चाईनाटाउन, स्यानफ्र्यानसिस्को |
पेशा | अभिनेता मार्शल आर्टिस्ट फिल्म निर्माता |
उचाइ | ५ फिट ७ इन्च (१.७० मी) [1] |
वेबसाइट | Bruce Lee Foundation |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.