![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/af/%25D0%259C%25D0%25B8%25D1%2585%25D0%25B0%25D0%25B8%25D0%25BB_%25D0%2593%25D0%25BE%25D1%2580%25D0%25B1%25D0%25B0%25D1%2587%25D1%2591%25D0%25B2_%252803-12-1989%2529.png/640px-%25D0%259C%25D0%25B8%25D1%2585%25D0%25B0%25D0%25B8%25D0%25BB_%25D0%2593%25D0%25BE%25D1%2580%25D0%25B1%25D0%25B0%25D1%2587%25D1%2591%25D0%25B2_%252803-12-1989%2529.png&w=640&q=50)
मिखाइल गोर्बाचोभ
रुसि राजनीतिज्ञ / From Wikipedia, the free encyclopedia
मिखाइल गोर्बाचोभ (रुसी: Михаи́л Серге́евич Горбачёв) एक रूसी र पूर्व सोभियती राजनीतिज्ञ हुन्। उनी सोभियत सङ्घको आठौँ र अन्तिम नेता थिए र सन् १९८५ देखि १९९१ सम्म सोभियत सङ्घ कम्युनिस्ट पार्टीको महासचिव थिए। उनी सन् १९८८ देखि १९९१ सम्म (सन् १९८८ देखि १९८९ सम्म सर्वोच्च सोभियतको प्रेसिडियमको अध्यक्षको रूपमा, सन् १९८९ देखि १९९० सम्म सर्वोच्च सोभियत अध्यक्षको रूपमा र सन् १९९० देखि १९९१ सम्म सोभियत सङ्घको अध्यक्षको रूपमा) सोभियत सङ्घको राष्ट्रप्रमुख थिए। वैचारिक रुपमा उनी सुरुमा मार्क्सवाद-लेनिनवाद विचारधारासँग जोडिएका थिए, यद्यपि सन् १९९० को दशकको प्रारम्भमा उनी सामाजिक प्रजातन्त्र तर्फ लागेका थिए।
मिखाइल गोर्बाचोभ Михаил Горбачёв | |
---|---|
![]() सन् १९८९ मा गोर्बाचोभ | |
सोभियत सङ्घका राष्ट्रपति | |
कार्यकाल १५ मार्च १९९० – २५ डिसेम्बर १९९१ | |
उपराष्ट्रपति | गेनादी यानायभ |
पूर्वाधिकारी | पदको स्थापना |
उतराधिकारी | पदको विलुप्ती |
सोभियत सङ्घका महासचिव | |
कार्यकाल २५ मे १९८९ – १५ मार्च १९९० | |
सहायक | आनातोली लुकियानोभ |
पूर्वाधिकारी | पदको स्थापना |
उतराधिकारी | आनातोली लुकियानोभ (कार्यकारी भूमिका राष्ट्रपतिलाई हस्तान्तरण) |
सर्वोच्च सोभियत प्रेसिडियमको अध्यक्ष | |
कार्यकाल १ अक्टोबर १९८८ – २५ मे १९८९ | |
पूर्वाधिकारी | आन्द्रे ग्रोमिको |
उतराधिकारी | पदको विलुप्ती |
सोभियत सङ्घ कम्युनिस्ट पार्टीका सहासचिव | |
कार्यकाल ११ मार्च १९८५ – २४ अगस्ट १९९१ | |
सहायक | येगोर लिगाचेभ भ्लादिमिर इबास्को (सन् १९९०-१९९१) |
पूर्वाधिकारी | कनस्टान्टिन चेरनेनको |
उतराधिकारी | पदको विलुप्ती |
सोभियत सङ्घ कम्युनिस्ट पार्टीको समितिका सदस्य | |
कार्यकाल २७ नोभेम्बर १९७९ – २४ अगस्ट १९९१ | |
सोभियत सङ्घ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सदस्य | |
कार्यकाल २७ नोभेम्बर १९७८ – २४ अगस्ट १९९१ | |
व्यक्तिगत विवरण | |
जन्म | (1931-03-02) २ मार्च १९३१ (उमेर ९३) प्रिबलनोये, स्ताभरोपोल क्राई, सोभियत सङ्घ |
मृत्यु | ३० अगस्ट २०२२ |
राष्ट्रियता | रूसी |
राजनीतिक दल | रूसको स्वतन्त्र गणप्रजातान्त्रिक पार्टी (सन् २००८-२०२२) सामाजिक गणप्रजातान्त्रिक सङ्घ घ(सन् २००७-२०२२) |
अन्य राजनीतिक संलग्नता | रूसी सामाजिक गणप्रजातान्त्रिक पार्टी(सन् २००१-२००४) सोभियत सङ्घको कम्युनिस्ट पार्टी (सन् १९५०-१९९१) |
जीवन साथी | राइसा गोर्बाचोभ (सन् १९५३-१९९९; मृत्यु ) |
सन्तान(हरू) | इरिना बिर्गानस्काया |
मातृ शिक्षाप्रतिष्ठान | मस्को प्रदेश विश्वविद्यालय |
जीवनवृति | वकिल |
हस्ताक्षर | ![]() |
वेबसाइट | गोर्बाचोभ फाउन्डेसन |
सन् १९८९-९० मा पूर्वी गुटका कयौँ कम्युनिस्ट राष्ट्रहरू माक्सवादी-लेनिनवादी शासन त्यागेको समयमा गोर्बचोभले सैन्य हस्तक्षेप गर्न अस्विकार गरेका थिए। आन्तरिक रूपमा बढ्दो राष्ट्रवादी रुझानले सोभियत सङ्घ खण्डन हुने खतरा बढिरहेको थियो। त्यसकारण कट्टरपन्थीहरूले सन् १९९१ मा गोर्बचोभ विरुद्ध असफल सैन्य विद्रोहको प्रयास गरेका थिए। यसपछि गोर्बाचिभको इच्छा विपरित सोभियत सङ्घ विघटन हुँदा उनले पदबाट राजीनामा दिएका थिए। राजीनामा पछि उनले आफ्नो गोर्बाचोभ फाउन्डेसन सुरु गरे भने उनी रूसी राष्ट्रपति बोरिस येल्तसिन र भ्लादिमिर पुतिनका कट्टर आलोचक बनेका थिए। रुसको सामाजिक-लोकतान्त्रिक आन्दोलनको अभियान गोर्बाचोभबाट सुरु भएको थियो।