भटभटे एउटा दुइ पाङ्ग्रे सवारी साधन हो । यस्का दुबै चक्का एकै रेखामा पंक्तीकृत भएकोले चलेको अवस्थामा बाहेक यो स्वत अडीन संभव हुँदैन, जस्ले गर्दा रोकीँदा चालकले खुट्टा टेकेर यस्लाइ पल्टीन दीइदैन । चलेको अवस्थामा पनि थाेरै असन्तुलीत हुँदा बित्तिकै यो साधन पल्टीने वा दुर्घटना हुँने सम्भावना बढी हुँन्छ । तसर्थ यस्तो दुर्घटनाबाट हुँने क्षती न्युनीकरणको लागि भटभटे चलाउँदा शीरकवच लगाउँन अनिवार्य मानिन्छ । नचलेको अवस्थामा यस्लाइ अड्याउन टेको लगाएर राखीन्छ । अधिकांस भटभटेमा ढल्के वा एकोहोरो टेको र ठाडो वा दोहोरो टेको गरी दुइ खाले टेका राखीएको हुँन्छ । ढल्काएर अड्याउँन ढल्के टेको नीकालीन्छ भने सीधा अड्याउँनु पर्दा ठाडो टेको लगाइन्छ । भटभटेको चाैकोस प्रायः स्टिलको हुन्छ, सामान्यतया ट्युब र पानाहरूको संयोजन।  पाङ्ग्राहरू सामान्यतया एल्युमिनियम वा स्टिल रिमहरू स्पोकहरूसँग हुन्छन्, यद्यपि केही कास्ट पाङ्ग्राहरू प्रयोग गरिन्छ।  ग्रेफाइट, कम्पोजिट, र म्याग्नेसियम भागहरू तिनीहरूको उच्च शक्ति-देखि-वजन विशेषताहरूको कारण बढ्दो रूपमा प्रयोगमा छन्।

Thumb
दोहोरो टेको लगाइ अड्याइएको एक भटभटे

आसन

सामान्यतया एक भटभटेमा एक चालक आसन र एक पछुवा अथवा पछाडी बस्नेका लागि गरी दुइ आसन हुँने गर्दछन । तर केही बीशेष संरचना भएकामा बढी वा घटी पनि हुँने गर्दछन । अधिकांस दुइ जना बस्न मील्ने भटभटेमा खण्डीत र अखण्डीत गरी दुइ कीसीमका आसन हुँने गर्दछन । अखण्डीत आसनमा चालक र पछुवा एउटै आसनको अगाडीको भाग अनि पछाडीको भागमा बस्दछन भने खण्डीत आसन संरचनामा दुबैको लागी अलग आसनको ढाँचा हुँन्छ ।


सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.