वर्ष समय मापनको एक एकाई हो। ६० सेकेँडको एक मिनेट हुन्छ। ६० मिनटको एक घण्टा हुन्छ। यसै गरी २४ घण्टाको एक दिन हुन्छ भने ३६५ दिनको एक पुरा वर्ष हुन्छ। पुरा वर्षमा १२ वटा महिनाहरू हुन्छन्। एक महिना सरदर ३० दिनको मानिएको छ तर हिन्दू महिना २९ - ३२ दिनको हुन्छ भने अङ्ग्रेजी महिनाहरूमा फेब्रुअरी २८ दिनको हुन्छ। लिप वर्षमा फेब्रुअरी २९ दिनको हुन्छ। लिप वर्ष प्रत्यक ४ वर्षमा आउँछ। अन्य महिनाहरूमा जनवरी, मार्च, मई, जुलाई, अगस्ट, अक्टुबर र डिसेम्बर ३१ दिनका हुन्छन् भने बाँँकीका महिनाहरू अप्रेल, जुन, सेप्टेम्बर, नवम्बर ३० दिनका हुन्छन्। हिन्दू पञ्चाङ्गका अनुसार एक वर्षमा ६ वटा ऋतु र २ वटा अयन हुन्छन्। अङ्ग्रजीमा ऋतुहरू ४ वटा मात्र हुन्छन्। खगोल विज्ञानका अनुसार पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न ३६५ दिन ६ घण्टा लाग्दछ। यही समयलाई वर्ष भनिन्छ।

Thumb
ऐनलेमा वर्षको समयमा सूर्यको बदलिंदो स्थितिलाई दर्शाताउँछ, दिनको निश्चित समयबाट देख्दा

यो पनि हेरौँ

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.