शैलजा आचार्य
नेपालकी राजनितीज्ञ / From Wikipedia, the free encyclopedia
शैलजा आचार्य नेपालकी पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ हुन्। उनको जन्म ई.सं. १९४४ मे ८ मा मोरङ जिल्लाको बिराटनगरमा भएको थियो। समाजशास्त्रको स्नातकोत्तर तह सम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय बी.पी. कोइराला र गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन्।