सिन्धुपाल्चोक जिल्ला
नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने एक जिल्ला / From Wikipedia, the free encyclopedia
सिन्धुपाल्चोक जिल्ला नेपालको बाग्मती प्रदेश अन्तर्गत पर्ने एउटा जिल्ला हो। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा हो। सिन्धुपाल्चोक जिल्लामा ९ गाउँपालिका र तीन नगरपालिका रहेका छन। यो जिल्ला विकासको हिसाबले पछाडि परेको पहाडी जिल्ला हो। नेपालको कूल भूभागको १.७३ प्रतिशत भूभाग ओगटेको यो जिल्ला बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाहरू मध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो जिल्ला हो। यस जिल्लाको सिमाना उत्तरमा चीनसँग, पश्चिममा रसुवा र नुवाकोटसँग, दक्षिणमा काठमाडौँ र काभ्रेपलाञ्चोकसँग अनि पूर्वमा दोलखा र रामेछापसँग जोडिएको छ ।
छरितो तथ्यहरू सिन्धुपाल्चोक जिल्ला ...
सिन्धुपाल्चोक जिल्ला |
---|
बन्द गर्नुहोस्