भारतीय क्रिकेटर From Wikipedia, the free encyclopedia
सौरभ चण्डीदास गाङ्गुली (/sʃuːrəv ɡɛnɡuːlj/ ( ); जन्म: सन् १९७२ जुलाई ८), दर्शकहरू माझ दादाको नामले लोकप्रिय (बङ्गालीमा ठूलो दाइ), एक भारतीय क्रिकेट प्रशासक, समीक्षक, पूर्व राष्ट्रिय क्रिकेट टोलीको कप्तान र हाल भारतीय क्रिकेट नियन्त्रण बोर्डको ३९औँ अध्यक्ष हुन्। गाङ्गुलीले क्रिकेट करियरको समयमा आफूलाई विश्वको शीर्ष ब्याट्सम्यान र भारत राष्ट्रिय क्रिकेट टोलीको सबैभन्दा सफल कप्तानको रूपमा स्थापित गरेका थिए।[2][3][4] ब्याटिङको क्रममा उनी विशेष गरि अफ साइडमा क्रिकेट बललाई कभरको दिशामा धेरै नै सुन्दरताका साथ खेल्ने हुनाले उनलाई गड अफ द अफ साइडको उपनाम दिइएको थियो।[5]
सौरभ गाङ्गुली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
भारतीय क्रिकेट नियन्त्रण बोर्डको अध्यक्ष | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पद बहाली सन् २०१९ अक्टोबर २३ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सचिव | जय शाह | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
पूर्वाधिकारी | सिके खन्ना | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
नाम | सौरभ चण्डीदास गङ्गोपाध्याय | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | सन् १९७२ जुलाई ८ बेहाला, कोलकाता, पश्चिम बङ्गाल, भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | द प्रिन्स अफ कोलकाता, द महाराजा, द गड अफ साइड, दादा, द वारियर प्रिन्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ५ फिट ११ इन्च (१.८० मी) [1] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते मध्यम तेज गति | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सम्बन्ध | डोना गाङ्गुली ( वि १९९७)स्नेहसिस गाङ्गुली (भाइ) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वेबसाइट | souravganguly | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप २०७) | २० जुन १९९६ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ६ नोभेम्बर २००८ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ८४) | ११ जनवरी १९९२ v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १५ नोभेम्बर २००७ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९०-२०१० | बङ्गाल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००० | ल्याङ्कसायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००५ | ग्लेमोर्गन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००६ | नर्थह्याम्पटनसायर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८-१० | कोलकाता नाइट राइडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१२ | पुने वारियर्स इन्डिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, २ जनवरी २०१३ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
क्रिकेट खेलाडीको रूपमा उनी बायाँ हाते शीर्ष क्रमका ब्याट्सम्यान र भारत राष्ट्रिय क्रिकेट टोलीको कप्तान थिए। उनी सन् २०१९ मा बिसिसिआईको अध्यक्षको रूपमा निर्वाचित भएका थिए।[6][7] उनी विजडन इन्डियाको सम्पादकीय समितिको अध्यक्ष समेत छन्।[8] बिसिसिआईको अध्यक्ष निर्वाचित हुनभन्दा पहिले उनी बङ्गाल क्रिकेट सङ्घको अध्यक्ष रहेका थिए।
गाङ्गुलीलाई उनको दाइ स्नेहसिस गाङ्गुलीले क्रिकेटको संसारमा ल्याएका थिए। उनले आफ्नो खेल करियरको सुरुवात राज्य र विद्यालय स्तरको टोलीहरूसँग गरेका थिए। भारतको घरेलू क्रिकेट प्रतियोगिता रणजी ट्रफी र दिलिप ट्रफीमा राम्रो प्रदर्शन गरे वापत उनले सन् १९९२ मा इङ्ल्यान्ड भ्रमण गर्ने भारतीय टोलीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका थिए। सो प्रतियगिताको एक खेलमा उनले १३१ रन बनाएर भारतीय क्रिकेट टोलीमा आफ्नो स्थान पक्का गरेका थिए।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.