स्पेसएक्स
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
स्पेसएक्स (अङ्ग्रेजी: SpaceX) एक निजी अमेरिकी अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष बाहन कम्पनी हो जसको मुख्यालय क्यालिफोर्नियामा रहेको छ। यसको स्थापना उद्यमी एलन मस्कद्वारा सन् २००२ मा अन्तरिक्ष परिवहन लागत कम गर्ने र मङ्गल ग्रहको उपनिवेशणको उद्देश्यले भएको थियो।[2][3][4] स्पेस एक्स ले कयौं गाडीहरू, स्टारलिङ्क उपग्रह मण्डल, ड्रागन कार्गो स्पेस क्राफ्टको विकास गरेको छ र इन्टरनेसनल स्पेस स्टेसनमा मानिसलाई पुर्याएको छ।
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
उद्योग | Aerospace |
---|---|
स्थापित | मे ६, २००२[1] |
स्थापनाकर्ता | एलन मस्क |
केन्द्रीय कार्यालय | |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
सेवाहरू | Orbital rocket launch |
मालिक | एलन मस्क ट्रष्ट (54% equity; ७८% माताधिकार) |
कर्मचारी सङ्ख्या | ८,००० (मे २०२०) |
वेबसाइट | www |
सन् २००८ मा स्पेस एक्सले पहिलो प्राइभेट अन्तरिक्षयान "फाल्कन १" को प्रक्षेपण गरेको थियो।
२००१ मा, एलन मस्क गैरनाफामुलक संस्था मार्स सोसाइटी (अनुवाद: मङ्गल ग्रह समाज)मा संलग्न भएका थिए। उनी मङ्गल ग्रहमा बिरुवाको हुर्काउनको लागि च्याम्बर बनाउने योजनाबाट प्रभावित भए र त्यो परियोजनामा आफैले पैसा दिने कुरामा छलफल गरे।[5] २००१ अक्टोबरमा, मस्क पुरानो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र, जसबाट हरितगृह पेलोड अन्तरिक्षमा पठाउन सकिन्थ्यो, खरिद गर्नको लागि मस्को भ्रमण गरे। उनले एन.पी.ओ लाभोच्किन र कोस्मोत्रास कम्पनीसंग छलफल गरे; यद्यपि उनीहरूले मस्कलाई सिकारुको रुपमा हेरे र एक जना रुसी प्रमुख डिजाइनरसंग त मस्कको विवाद नै भयो। उनको समुह खाली हात अमेरिका फर्कियो। २००२ फेब्रुअरीमा, त्यो समूह तीन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको लागि रसिया गयो। उनीहरूले कोस्मोत्रास संग अर्को बैठक गरे। कोस्मोत्रासले एक रकेट ८ मिलियन डलर प्रस्ताव गर्यो, जुन मस्कले अस्वीकार गरे। त्यसको साटो मस्कले एउटा कम्पनी सुरु गर्ने निर्णय गरे जुनले किफायती रकेट बनाउन सक्थ्यो। [6] आफ्नो प्रारम्भिक सम्पत्तिको १०० मिलियन डलरबाट,[7] मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कोर्प., (स्पेसएक्सको नामले कारोबार हुने, कम्पनी २००२ मे मा स्थापना गरे।[8] २०२१ अनुसार, उनी कम्पनीको सिइओ र मुख्य इन्जिनियर (Chief Engineer) पनि छन्।[9]
तीन असफल प्रक्षेपणपछि, २००८ मा चौथो प्रयासमा स्पेसएक्स फाल्कन १ लन्च गर्न सफल भयो। पृथ्वीको भूकेन्द्रीय कक्षमा पुग्ने यो पहिलो निजी तरल-इन्धन रकेट थियो।[10] त्यो वर्षको अन्त्यमा, स्पेसएक्सले फाल्कन ९ र ड्कोरयागन स्पेसक्राफ्ट लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा व्यवसायिक आपूर्ति सेवा कार्यक्रम (अङ्ग्रेजी: Commercial Resupply Services program) को १.६ बिलियन डलरको ठेक्का प्राप्त गर्यो । यसले २०११ मा अवकास पाउने स्पेस सटलको स्थान लियो।[11] २०१२ मा, ड्रयागन गाडीले बेर्थ प्राप्त गर्यो, जुन निजी कम्पनीको लागि पहिलो घटना थियो।[12] पुनर्प्रायोज्य रकेटको लक्ष्यमा काम गर्दैगर्दा, २०१५ मा, स्पेसएक्सले फाल्कन ९ को पहिलो चरणलाई सफलतापूर्वक अवतरण गरायो।[13] अवतरण अटोनोमस स्पेसपोर्ट ड्रोनसिप, एक समुद्र आधारित रिकभरी प्लेटफर्ममा भएको थियो।[14] २०१८ मा, स्पेसएक्सले फाल्कन हेबी प्रक्षेपण गर्यो। यसमा तेस्ला रोडस्टार डमी पेलोडको रुपमा राखिएको थियो।[15][16] २०१७ मा, स्पेसएक्सले अर्को पिढीको गाडी तथा स्पेसक्राफ्ट सिस्टम, बिग फाल्कन रकेट लन्च गर्ने कुरा सार्वजनिक गर्योI बिग फाल्कन रकेटलाइ पछी स्टारसिप नामाकरण गरियो, र यसले स्पेसएक्सको सबै प्रक्षेपणलाई धान्न सक्छ।[17] २०१८ मा, स्पेसएक्सले २०२३ लुनार सर्कमनेभिगेसन मिसन, एक निजी उडान डियरमुन प्रोजेक्ट को घोषणा गर्यो ।[18] २०२० मा, स्पेसएक्सले पहिलो मानवसहितको उडान डेमो-२ प्रक्षेपण गर्यो, र स्पेसएक्स मानवलाई कक्षमा लैजान्र र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पहिलो निजी कम्पनी बन्यो।[19]
२०१५ मा स्पेसएक्सले स्याटेलाइट इन्टरनेट एक्सेस (अनुवाद:उपग्रह इन्टरनेट पहुँच) प्रदान गर्न पृथ्वीको तल्लो कक्ष उपग्रहको स्टारलिङ्क कन्स्टिलेसनको विकास प्रारम्भ गर्यो ।[20] यसको पहिलो दुई प्रोटोटाइप स्याटेलाइट २०१८ फेब्रुअरीमा प्रक्षेपण गरियोI २०१९ मे मा परिक्षण स्याटेलाइटको दोस्रो खेप र कन्सटिलेसनको पहिलो ठूलो परिचालन भयो, त्यसमा पहिलो ६० स्याटेलाइट प्रक्षेपित गरिएका थिएI [21] दशक लामो यस परियोजनाको डिजाइन, निर्माणम तथा कन्सटिलेसन परिचालनको कुल लागत स्पेसएक्सले कटिब १० अर्ब डलर अनुमान गरेको छI [22][note 1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.