ह्वेल ठुला, समुन्द्री स्तनधारी जलचर हुन् । अन्य स्तनधारी जस्तै, यिनिहरू पनि वायुमण्डलबाट अक्सिजन लिने गर्छन्, केही मात्रामा रौं हुन्छन् र यिनिहरूको पनि तातो रगत हुन्छ।

छरितो तथ्यहरू ह्वेल, जानकारी ...
ह्वेल
Thumb
दक्षिणी राइट ह्वेल
जानकारी
सिटेसियाको वर्गीकरण
ह्वेलका परिवारहरू
बन्द गर्नुहोस्
Thumb
हम्पब्याक ह्वेल उर्लदै
Thumb
स्पम ह्वेल
Thumb
सन्१६९० मा स्पिट्सबर्गेन नजिकै डच ह्वेलरहरू (whalers)

मुख्यतया ह्वेलहरू दुई प्रकारका हुन्छन् र यिनको लगभग १०० प्रजाती हुन्छ।[1] ह्वेलहरू सिटेसिया इन्फ्राअडर अन्तर्गत पर्छन् जस अन्तर्गत डल्फिन र पर्पैजेज पनि पर्दछन्। सिटेसिया इन्फ्राअडर अन्तर्गतका दुई पार्भोअडरहरू माइस्टिसिटी (बेलिन ह्वेल) र ओडन्टोसिटी (तुथेड ह्वेल) लगभग ३ करोड ४० लाख वर्ष अघि तिर बिभजित भए। ह्वेलहरू यी दुई पार्भोअडर अन्तर्गत ८ वटा परिवारमा विभाजित छन्, ती हुन; बेलैनोप्टेरिडी (रोरक्वायल), बेलैनिडी (राइट ह्वेल), सिटोथेरिडी (पिग्मी राइट ह्वेल), एस्क्रिक्टिडी (खैरो ह्वेल), मोनोडन्टिडी (बेलुगास र नरह्वेल्स), फाइसेटेरिडी ( स्पम ह्वेल), कोजिडी (ड्वार्फ र पिग्मी स्पम ह्वेल) र जिफिडी (बिकेड ह्वेल) । ह्वेलहरू आकारमा २.६ मिटर (८.५ फिट) र १३५ किलोग्राम (ड्वार्फ स्पम ह्वेल) देखी २९.९ मिटर (९८ फिट) र १९० मेट्रिक टन (निलो ह्वेल) सम्म हुन्छन्।

मानिसहरू "ह्वेल" शब्दलाई फरक फरक ढङ्गले प्रयोग गर्छन्। केहि मानिसहरू डल्फिनपर्पैजेज(Porpoises) समेत सम्पुर्ण सिटेसियन (Cetacean)हरू लाई ह्वेल भन्छन्। यी मानिसहरूले डल्फिन र पर्पैजेज पनि ह्वेल हुन भन्छन्,किनकि यिनिहरू पनि सिटासियन हुन् भने अरूले डल्फिन र पर्पैजेजलाई ह्वेलसँग छुट्याउछन किनकि ह्वेलहरू आकारमा ठुला हुन्छन्। वास्तवमा ह्वेल र डल्फिन लाई छुट्याउने या नछुट्याउने भन्ने विषयमा स्पष्ट आधार छैन्।

धेरै देशहरूमा ह्वेल मार्न नपाइने नियम छ। तर केही देशहरू जस्तैः आइसल्यान्ड, जापान मा यस्तो नियम छैन्। ह्वेलहरू मासुतेलको लागि मारिन्छन्।

प्रजनन

एउटा परिपक्व पोथी ह्वेलले प्रत्येक २ वा ३ वर्षमा एउटा बच्चा जन्माउछन्। यिनिहरूको गर्भअबस्था लगभग १ वर्ष सम्म रहन्छ र बच्चाहरू १ वर्ष भन्दा बढी समयसम्म आमा सँगै रहन्छन्। ह्वेलहरू ७ देखि १०वर्षको उमेरमा प्रजननको लागि परिपक्व हुन्छन्। यस्तो प्रकारको प्रजननबाट थोरै सन्तति त उत्पादन हुन्छन् तर मृत्युदर चाहिँ घट्छ। सिकारको प्रभावले गर्दा ह्वेलहरूको जनसङ्ख्या वृद्धि बिस्तारै भइ रहेको छ।[2]

यो पनि हेर्नुहोस्

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

अन्य वेबसाइट

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.