विशाल विभाजक हिमशृङ्खला
From Wikipedia, the free encyclopedia
विशाल विभाजक पर्वतमाला वा पूर्वी उच्चभूमी अस्ट्रेलियाको सबैभन्दा लामो हिमशृङ्खला हो र विश्वकै जमिनमा अवस्थित तेस्रो सबैभन्दा लामो हिमशृङ्खला पनि हो। यो क्विन्सल्यान्डको उत्तरपूर्वी क्षेत्रबाट डावान टापु सम्म ३,५०० किलोमिटर (२,१७५ माइल) सम्म फैलिएको छ। यसको सम्पूर्ण लम्बाई न्यु साउथ वेल्सहुँदै पूर्वी तटीय क्षेत्रसम्म पुगेको छ जहाँबाट यो भिक्टोरिया सम्म फैलिएको छ। त्यहाँबाट यो पश्चिम तर्फ मोडिएको छ जसले गर्दा यो पश्चिमी भिक्टोरियाको मध्य समथल भूमिको घ्राम्पियन राष्ट्रिय निकुञ्जहुँदै हराउँदै गएको छ। यस हिमशृङ्खलाको चौडाई १६० किलोमिटर (१०० माइल) देखि ३०० किलोमिटर (१९० माइल) सम्म भिन्नता रहेको छ।[3] यस हिमशृङ्खलामा विश्व सम्पदा क्षेत्रमा सूचीकृत विशाल व्लु हिमाल क्षेत्र, गोण्डवाना वर्षावन र क्विन्सल्यान्डको उष्णकटिवन्धीय क्षेत्र अवस्थित छन्। यस क्षेत्रमा पहेँलो पुच्छ्रे कालो सुगा बाहुल्यता रहेको छ।
विशाल विभाजक हिमशृङ्खला | |
---|---|
| |
सर्वोच्च बिन्दु | |
शिखर | कोजिअस्को हिमाल, स्नोई हिमाल |
उचाइ | २,२२८ मी (७,३१० फिट)[1] |
निर्देशाङ्क | ३६°२७′द॰ १४८°१६′पू॰ |
आयामहरू | |
लम्बाइ | ३,५०० किमी (२,२०० माइल) उत्तर–दक्षिण |
भूगोल | |
देश | अस्ट्रेलिया[2] |
राज्यहरू | न्यु साउथ वेल्स, क्विन्सल्यान्ड र भिक्टोरिया |
जिल्ला | अस्ट्रेलियाली राजधानी क्षेत्र |
हिमशृंखला निर्देशाङ्क | अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "३"।km २५°द॰ १४७°पू॰ |
भूविज्ञान | |
Age of rock | कार्बनी कल्प |