सान होसे, क्यालिफोर्निया
From Wikipedia, the free encyclopedia
सान होसे, (स्पेनी: San José), आधिकारिक रूपमा सान होसे सहर, सांस्कृतिक, वित्तीय, र सिलिकन उपत्यकाको राजनीतिक केन्द्र र जनसङ्ख्या र क्षेत्रफल दुबैको आधारमा यो उत्तरी क्यालिफोर्नियाको सबैभन्दा ठूलो सहर हो।[upper-alpha 1] यसको जनसङ्ख्या सन् २०१९ सम्म १,०२१,७९५ रहेको थियो। यो क्यालिफोर्नियामा लस एन्जलस र सान डिएगो पछिको तेस्रो-सर्वाधिक जनसङ्ख्या भएको सहर हो भने यो संयुक्त राज्य अमेरिकाको दशौँ अधिक जनसङ्ख्या भएको सहर हो।[9][10][11] सान फ्रान्सिस्को खाडीको दक्षिणी किनारमा सान्ता क्लारा उपत्यकाको बीचमा अवस्थित सान होसेको क्षेत्रफल १७९.९७ वर्ग माइल (४६६.१ वर्ग किलोमिटर) रहेको छ। सान होसे सान्ता क्लाराको जिल्ला परिषद हो भने यो सबैभन्दा धनी जिल्ला र संयुक्त राज्य अमेरिकाको सबैभन्दा धनी जिल्लाहरू मध्ये एक हो।[12] सान होसेको सन्नीभेल– सान्ता क्लारा महानगरीय र साङ्ख्यिकी क्षेत्रको मुख्य घटक हो।[13][14][15][16] यो दुबै सान फ्रान्सिस्को खाडी क्षेत्र र सान होसे-सान फ्रान्सिस्को-ओकल्यान्ड संयुक्त साङ्ख्यिकीय क्षेत्रको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो[17][18][19], जसमा करिब क्रमशः ७ करोड ७० लाख र ८ करोड ७० लाख मानिसहरू बसोबास गर्दछन्।[20]
सान होसे, क्यालिफोर्निया | |
---|---|
सहर | |
सान होसे सहर | |
आदर्श वाक्य: सिलिकन उपत्यकाको राजधानी | |
निर्देशाङ्क: ३७°२०′उ॰ १२१°५४′प॰ | |
देश | अमेरिका |
राज्य | क्यालिफोर्निया |
जिल्ला | सान्ता क्लारा |
क्षेत्र | सान फ्रान्सिस्को खाडी क्षेत्र |
महानगर | सान होसे-सन्निभेल-सान्ता क्लारा |
संयुक्त तथ्याङ्कीय क्षेत्र | सान होसे-सान फ्रान्सिस्को-ओक्ल्यान्ड |
पुएब्लो | नोभेम्बर २९, १७७७ |
रूपमा स्थापित | Pueblo de San José de Guadalupe |
स्थापना | मार्च २६, १८५० [1] |
नामकरण | सन्त जोसेफ |
सरकार | |
• प्रकार | परिषद प्रबन्धक[2] |
• अङ्ग | सान होसे सहर परिषद |
• प्रमुख | साम लिक्कार्दो[3] (D) |
क्षेत्रफल | |
• सहर | ४६९.७२ किमी२ (१८१.३७ वर्ग माइल) |
• जमीन | ४६१.६३ किमी२ (१७८.२४ वर्ग माइल) |
• पानी | ८.०९ किमी२ (३.१२ वर्ग माइल) १.९१% |
• सहरी | ७४१.०३ किमी२ (३२४.२७ वर्ग माइल) |
• महानगर | ६९७९ किमी२ (२६९४.६१ वर्ग माइल) |
उन्नतांश | २५ मिटर (८२ फिट) |
न्यूनतम उचाई | ० मिटर (० फिट) |
जनसङ्ख्या (सन् २०२०) | |
• सहर | ९४५९४२ |
• लगत (सन् २१९)[7] | १०२१७९५ |
• क्रम | क्यालिफोर्नियामा तेस्रो[8] अमेरिकामा १०औँ |
• घनत्व | २२१३.४४/किमी२ (५७३२.७९/वर्ग माइल) |
• सहरी | १८९४३८९ (२९औँ) |
• महानगर | १९९८४६३ (३४औँ) |
• संयुक्त तथ्याङ्कीय क्षेत्र | ८८३७७८९ (५औँ) |
समय क्षेत्र | युटिसी−८ (प्रशान्त समय रेखा) |
• ग्रीष्म (डिएसटी) | युटिसी−७ (प्रशान्त दिवाप्रकाश समय) |
जिप अङ्क | सूची
|
क्षेत्रीय सङ्केत | ४०८/६६९ |
वेबसाइट | www |
सान होसे यसको सम्पन्नताको लागि, नवीनता केन्द्रको रूपमा उल्लेखनीय छ।[21][22][23] भूमध्यसागरीय जलवायु, र अत्यन्त उच्च जीवनको लागतका लागि यस सहर परिचित छ। सांस्कृतिक, राजनैतिक र आर्थिक केन्द्रको रूपमा बढेको सहर उच्च प्रविधि उद्योगमा सान होसेको स्थानले सहरलाई "सिलिकन उपत्यकाको राजधानी"को उपनाम दिएको छ।[24] ब्रुकिङ इन्स्टिच्युसन नामक एक संस्थाको एक प्रतिवेदनका अनुसार, सान होसे संयुक्त राज्य अमेरिका र विश्वको सबैभन्दा धनी प्रमुख सहरहरू मध्ये एक हो।[25] सान होसे महानगरीय क्षेत्रमा अमेरिकाकै सबैभन्दा बढी करोडपति र अरबपतिहरू रहेका छन्।[26] सन् २०१७ को जनसाङ्ख्यिकीय अन्तर्राष्ट्रिय आवास सर्वेक्षणका अनुसार, सान होसेसँग देशको सबैभन्दा महँगो आवास बजार छ र भने यो विश्वको पाँचौँ सबैभन्दा महँगो आवास बजार हो। [27] इबे, एडोब, पेपल, सामसङ, जुम आदी लगायतका प्रमुख विश्वव्यापी प्रविधि कम्पनीहरूले सिलिकन उपत्यकाको बीचमा सान होसेमा आफ्नो प्रधान कार्यालयहरू कायम राखेका छन्।[28][29][30][31]
स्पेनीको आगमन हुनु अघि, सान होसे वरपरका क्षेत्रहरूमा क्यालिफोर्नियाको ओहलोन मानिसहरू बसोबास गरेका थिए। सान होसेको स्थापना २९ नोभेम्बर १७७७ मा पुएब्लो दे सान होसे दे ग्वादालुपेको रूपमा भएको थियो भने सहर क्यालिफोर्नियाको सबैभन्दा पहिला पत्ता लगाइएको सहर हो। यो मेक्सिको स्वतन्त्रता युद्ध पछि सन् १८२१ मा मेक्सिकोको भाग बनेको थियो।[32] मेक्सिको – अमेरिकी युद्धको क्रममा अमेरिकी पक्षको विजय पश्चात्, यस क्षेत्र सन् १८४८ मा संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गरिएको थियो। दुई वर्षपछि क्यालिफोर्नियाले राज्य प्राप्त गरेपछि सान होसे राज्यको पहिलो राजधानी भएको थियो। दोस्रो विश्वयुद्ध पश्चात्, सान होसेले सन् १९५० र सन् १९६० को दशकमा नजिकैका सहरहरू कब्जा गर्दै विभिन्न आर्थिक संलग्नताको साथ आर्थिक बृद्धि हासिल गरेको थियो। उच्च प्रविधि र विद्युतीय उद्योगको द्रुत बृद्धिले कृषि केन्द्रबाट सहरीकृत महानगरीय क्षेत्रमा यसलाई थप गति प्रदान गरेको थियो।[33] सन् १९९० को जनगणनाको नतीजाले सान होसे आधिकारिक रूपमा उत्तरी क्यालिफोर्नियाको सबैभन्दा अधिक जनसङ्ख्या भएको सहरको रूपमा सान फ्रान्सिस्कोलाई पार गरेको थियो।[34] सन् १९९० को दशकमा सान होसे र बाँकी सिलिकन उपत्यका उच्च प्रविधि र इन्टरनेट उद्योगहरूको लागि विश्वव्यापी केन्द्र बन्न पुगेको थियो र यसले क्यालिफोर्नियाको सबैभन्दा द्रुत बृद्धि भएको अर्थव्यवस्था काय गरेको छ।[35]