अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड लाई आइएटिए स्थान पहिचानकर्ता, आइएटिए स्टेसन कोड वा मात्रै स्थान पहिचानकर्ताको नामले चिनिने गरिन्छ ।[1] यो एउटा तिन अक्षरको कोड हो जसको प्रयोग विश्वको सबै नियुक्त विमानस्थलहरूको लागि गर्ने गरिन्छ । यो कोड अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आइएटिए)द्वारा निर्धारित गरिएको हुन्छ । यी चिन्हहरूको उपयुक्त उदाहरण विमानस्थलको प्रवेश जाँच डेस्कमा हेर्न सकिन्छ, जहाँ सामानमा लगाइएको ब्यागेज ट्यागमा यो चिह्न स्पष्ट रूपले अङ्कित हुने गर्छ ।

यो कोड आइएटिएको प्रस्ताव-७६३ द्वारा निर्धारित गर्ने गरिन्छ ।[2] यसको प्रबन्धन मोन्ट्रियल स्थित आइएटिए मुख्यालयले गर्दछ । यी सङ्केतहरूलाई वर्षमा दुई पटक आइएटिए एयरलाइन कोड निर्देशिका (कोडिङ्ग डायरेक्ट्री)मा प्रकाशित गर्ने गरिन्छ ।[3] आइएटिएले यो कोड रेलवे स्टेशनहरूको लागि पनि जारी गर्दछ ।

सूची

इतिहास र सम्मेलन

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.