अर्घाखाँची जिल्ला
From Wikipedia, the free encyclopedia
अर्घाखाँची नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि,दुर्वाशेश्वर् गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर, सुपा देउराली, छत्र मन्दिर, नर्तनाचल पर्वत, परसुरामेश्वर, ऐतिहासिक पौवा अर्घाकोट, पाली पन्थीटोलको लाकुरीरूखमा अबस्थित "देविस्थान मन्दिर लाकुरीकोरूख" यहाका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।
छरितो तथ्यहरू अर्घाखाँची जिल्ला, देश ...
अर्घाखाँची जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | सन्धिखर्क |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, अर्घाखाँची |
क्षेत्रफल | |
• जम्मा | ११९९ किमी२ (४६३ वर्ग माइल) |
• क्रम | ०७७ |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | १७७२०० |
• घनत्व | १५०/किमी२ (३८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
बन्द गर्नुहोस्