नेपालका जिल्लाहरू
From Wikipedia, the free encyclopedia
नेपालका जिल्लाहरू प्रदेश पछिको दोस्रो तहको प्रशासनिक विभाजन हो। जिल्लाहरू नगरपालिका र गाउँपालिकामा विभाजित छन्। नेपालमा सात प्रदेश र ७७ जिल्ला छन्।[1]
छरितो तथ्यहरू जिल्ला, श्रेणी ...
जिल्ला | |
---|---|
श्रेणी | जिल्ला |
अवस्थिति | नेपाल |
स्थापित | सन् १८१६ अघि |
सङ्ख्या | ७७ (as of २० सेप्टेम्बर २०१५) |
जनसङ्ख्या | १,७४४,२४० – ६,५३८ |
क्षेत्रफल | ७,८८९ वर्ग किलोमिटर (३,०४६ वर्ग माइल) - ११९ वर्ग किलोमिटर (४६ वर्ग माइल) |
सरकार | जिल्ला समन्वय समिति |
उप प्रशासन | नगरपालिका गाउँपालिका |
बन्द गर्नुहोस्
नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई/दुई जिल्ला बनाउने निर्णय गरेको थियो। सरकारको निर्णय अनुसार आयोगले गण्डकी प्रदेशमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र लुम्बिनी प्रदेशमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई तथा लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुम जिल्ला र कर्णाली प्रदेशमा रहने पश्चिम रुकुम जिल्ला गरी कायम भएका दुई जिल्लासहित चार जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको हो।[2]