ईश्वरप्रसाद खतिवडा
From Wikipedia, the free encyclopedia
ईश्वरप्रसाद खतिवडा नेपालको सर्वोच्च अदालतको न्यायाधीश हुन्। उनको जन्म वि.सं. २०१५ फागुनमा उदयपुरमा भएको थियो। उनी वि.सं. २०७३ साउन १७ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। [1] सर्वोच्च अदालतमा नियुक्त हुनु अगाडि उनले २० वर्ष भन्दा धेरै समय पुनरावेदन अदालत र जिल्ला अदालतमा काम गरेका थिए। उनले मदन भण्डारीको मृत्यु, दरबार हत्याकाण्ड लगायत उच्चस्तरीय छानबिनमा समेत काम गरेका थिए। खतिवडा ६५ वर्षे उमेर हदका कारण नेपालको प्रधानन्यायाधीश हुने रोलक्रम नजिकै पुगेर वि.सं. २०८० फागुनमा सेवानिवृत्त हुनेछन् ।[2]
छरितो तथ्यहरू ईश्वरप्रसाद खतिवडा, नेपालको सर्वोच्च अदालतको न्यायाधीश ...
ईश्वरप्रसाद खतिवडा | |
---|---|
नेपालको सर्वोच्च अदालतको न्यायाधीश | |
पद बहाली सन् २०१६ अगस्ट १ | |
व्यक्तिगत विवरण | |
जन्म | सन् १९५९ मार्च उदयपुर, नेपाल |
पेशा | न्यायाधीश |
बन्द गर्नुहोस्