दीपेन्द्र वीरविक्रम शाह
नेपालका अधिराजकुमार / From Wikipedia, the free encyclopedia
दीपेन्द्र वीर विक्रम शाह (नेपालका तेह्रौँ राजा हुन् । उनी सम्भवतः विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति हुन्। दरवार हत्याकाण्डपछि यिनी अर्धमृत अवस्थामा राजा घोषित गरिएका थिए त्यसको तेस्रो दिन यिनलाई मृत घोषित गरियो। दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगको रिपोर्ट अनुसार सो हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएका थिए भन्ने निष्कर्ष निकालेको थियो। दीपेन्द्र नेपालका राजा वीरेन्द्र र रानी ऐश्वर्यका जेठा छोरा थिए। यिनी अविवाहित अवस्थामा नै मारिए।
छरितो तथ्यहरू दीपेन्द्र वीर विक्रम शाह, नेपालका राजा ...
दीपेन्द्र वीर विक्रम शाह | |
---|---|
नेपालका राजा | |
शासनकाल | वि.सं. २०५८ जेष्ठ १९-२१ |
पूर्वाधिकारी | वीरेन्द्र वीर विक्रम शाह |
उत्तराधिकारी | ज्ञानेन्द्र शाह |
जन्म | (१९७१-०६-२७)२७ जुन १९७१ नारायणहिटी दरवार, नेपाल |
मृत्यु | ३ जुन २००१(2001-06-03) (उमेर २९) सैनिक अस्पताल, काठमाडौँ, नेपाल |
खानदान | शाह वंश |
बाबु | वीरेन्द्र वीर विक्रम शाह |
आमा | रानी ऐश्वर्य राज्यलक्ष्मी शाह |
धर्म | हिन्दु |
बन्द गर्नुहोस्