ज्ञानेन्द्र वीरविक्रम शाह
नेपालका शाहवंशीय अन्तिम राजा / From Wikipedia, the free encyclopedia
ज्ञानेन्द्र शाह (जन्म: २३ असार २००४) नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्।[5] उनी परिस्थितिले दुई पटक नेपालका राजा भए तर नियतिले दुवैपटक दिल्ली सम्झौताले बाहिरिनु परेको थियो। वि.सं २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए।[6] पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका थिए। दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरबार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका व्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।[7]
ज्ञानेन्द्र शाह | |||||
---|---|---|---|---|---|
नेपालको राजा[3] | |||||
शासनकाल | २००७ कात्तिक २२ – २००७ पुष २३ | ||||
राज्याभिषेक | २००७ कात्तिक २२ | ||||
प्रधानमन्त्रीहरू | सूची हेर्नुहोस् | ||||
शासनकाल | २०५८ जेठ २२ – २०६५ जेठ १५ | ||||
राज्याभिषेक | २०५८ जेठ २२[4] | ||||
पूर्वाधिकारी | दीपेन्द्र शाह | ||||
उत्तराधिकारी | शासन समाप्ति (गिरिजाप्रसाद कोइराला नेपालको राष्ट्र प्रमुखको रूपमा) | ||||
प्रधानमन्त्री | |||||
जन्म | वि.सं २००४ असार २३ नारायणहिटी दरबार, काठमाडौँ, नेपाल | ||||
जीवनसाथी | रानी कोमल | ||||
सन्तान | पारस शाह प्रेरणा शाह | ||||
| |||||
घराना | शाह वंश | ||||
बाबु | महेन्द्र वीर विक्रम शाह | ||||
आमा | इन्द्र राज्यलक्ष्मी देवी शाह | ||||
धर्म | हिन्दु |
राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।[8]