नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला
लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला / From Wikipedia, the free encyclopedia
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नेपालको एक जिल्लाको हो।[1][2] २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको हो ।[3] यस जिल्लाको सदरमुकाम रामग्राममा अवस्थित छ।[4]
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) | |
---|---|
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
सदरमुकाम | रामग्राम |
स्थापना | २०७४ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | जिल्ला सभा |
क्षेत्रफल | |
• जम्मा | ७३५.७३ किमी२ (२८४.०७ वर्ग माइल) |
उच्चतम उचाई | १,९३६ मिटर (६३५२ फिट) |
न्यूनतम उचाई | ९१ मिटर (२९९ फिट) |
जनसङ्ख्या (२०७४) | |
• जम्मा | ३१८,५४४ |
• घनत्व | ४३०/किमी२ (११००/वर्ग माइल) |
• जातीयता | ब्राह्मण क्षेत्री थारू |
• मुख्य भाषा | नेपाली अवधी थारू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
जिसस केन्द्र | परासी |
यसअघि ३ असोज २०७२ मा, नेपालले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरि दुई जिल्लामा विभाजित गरेको थियो। यस जिल्लाको जिल्लाको कुल क्षेत्रफल ६३४.८८ वर्ग किलोमिटर (२४५.१३ वर्ग माइल) रहेको छ भने यस जिल्लाको कुल जनसङ्ख्या सन् २०६८ को जनगणना अनुसार, ३,२१,०५८ रहेको छ। यहाँका ५५.७१% ले भोजपुरी, २६.८३% नेपाली, ८.७३% थारु, ३.३३% मैथिली, २.८०% मगर र १.१७% गुरुङलाई भाषा बोल्दछन्।[5]