नेपालको प्रधानमन्त्री
नेपाल सरकारका कार्यकारी प्रमुख / From Wikipedia, the free encyclopedia
नेपालको प्रधानमन्त्री नेपालको कार्यकारी निकाय (अर्थात् नेपाल सरकार)को अध्यक्ष, नेपालको राष्ट्रपतिको सल्लाहकार तथा नेपालको मन्त्रिपरिषद्को प्रमुख हुने गर्छ। प्रधानमन्त्री प्रतिनिधि सभाको सदस्य तथा संसदीय प्रणालीमा सरकारको कार्यकारिणीमा मन्त्रिपरिषदका वरिष्ठ सदस्य हुन्। प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरू छान्न र खारेज गर्न सक्छन् र सरकारभित्रका सदस्यहरूको पद बाँडफाँड गर्न सक्छन्।
नेपालको प्रधानमन्त्री | |
---|---|
सम्बोधन | |
स्थिति | सरकार प्रमुख |
संक्षिप्त नाम |
|
सदस्य | |
प्रतिवेदन पेश | |
निवास | बालुवाटार, काठमाडौँ |
आसन | सिंहदरवार |
नियुक्तिकर्ता | नेपालको राष्ट्रपति |
अवधि | राष्ट्रपतिले चाहेअनुसार; पहिल्यै विघटन नभएमा प्रतिनिधि सभाको म्याद ५ वर्षको हो। कार्यकालको सीमाअवधि तोकिएको छैन। |
प्रथम पदाधिकारी | गिरिजाप्रसाद कोइराला |
गठन | २८ मे २००८; १५ वर्ष पहिले (२००८-०५-28) |
उप | नेपालको उपप्रधानमन्त्री |
वेबसाइट | www |
प्रधानमन्त्रीको नेतृत्वमा रहेको सङ्घीय मन्त्रिपरिषद्लाई कार्यकारीको कामकाजको व्यवस्थापनमा सहयोग पुर्याउन नेपालको राष्ट्रपतिले तोकेका हुन्छन्। प्रधानमन्त्रीले प्रतिनिधि सभामा बहुमतको विश्वासको मत प्राप्त गर्न सक्नुपर्दछ र राष्ट्रपतिको निर्देशनमा बहुमत प्रमाणित गर्न नसकेमा राजीनामा गर्नुपर्नेछ।
नेपालको प्रधानमन्त्रीको निवास बालुवाटार, काठमाडौँमा छ।[2] चन्द्र शमशेर जङ्गबहादुर राणाको समयदेखि नै प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छ।[3] नेपालको प्रधानमन्त्रीको आधारभूत मासिक तलब रु. ७७,२८० हो।[4] नेपालको प्रधानमन्त्रीको पदावधी ५ वर्ष छ भने कार्यकालको कुनै सीमा छैन।
वि.सं. २०७९ पुष १० देखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल हुन्।[5]