भिन्स म्याकमेन
कुस्ती उथ्थानकर्ता वा प्रवर्तक / From Wikipedia, the free encyclopedia
भिन्स म्याकमेन (जन्म अगस्ट २४, १९४५) एक अमेरिकी व्यावसायिक कुस्ती उथ्थानकर्ता वा प्रवर्तक र कार्यकारी हुन्। उनी अमेरिकी फुटबलका कार्यकारी र व्यापारी पनि हुन्। सन् १९८० मा उनका बुबाले कम्पनी सम्हाले पछी, उनले डब्ल्युडब्ल्युईको संयुक्त क्षेत्र र दृश्य पछाडि काम गर्ने गर्दथे। उनी हाल डब्ल्युडब्ल्युईका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत र बहुमत मालिकको रूपमा सेवा गरिरहेका छन्। उनी अल्फा मनोरञ्जन नामक कम्पनीका संस्थापक पनि हुन् जो अमेरिकी फुटबल लिगको एक प्रमुख कम्पनी हो।
भिन्स म्याकमेन | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म | भिसेन्ट केनेडि म्याकमेन (1945-08-24) अगस्ट २४, १९४५ (उमेर ७८) उत्तर क्यारोलाइना, अमेरिका | ||||||||||
वासस्थान | ग्रिनविच, अमेरिका | ||||||||||
शिक्षा | फिसबर्न सैनिक विद्यालय | ||||||||||
मातृ शिक्षाप्रतिष्ठान | पूर्वी क्यारोलिना विश्वविद्यालय | ||||||||||
पेशा |
| ||||||||||
कामदार | विश्व कुस्ती मनोरञ्जन अल्फा मनोरञ्जन | ||||||||||
जम्मा सम्पति | $३.५ अर्ब (सेप्टेम्बर २०१८)[1] | ||||||||||
उपाधि | डब्ल्युडब्ल्युईका अध्यक्ष र कार्यकारी अधिकृत संस्थापक, अल्फा इन्टरटेन्मेन्ट | ||||||||||
राजनीतिक दल | गणतान्त्रिक | ||||||||||
जीवनसाथी | लिन्डा म्याकमेन ( वि १९६६) | ||||||||||
सन्तान | सेन म्याकमेन र स्टेफिनि म्याकमेन | ||||||||||
मातापिता | भिसेन्ट जे म्याकमेन | ||||||||||
आफन्त | जेस म्याकमेन (हजुरबुवा) | ||||||||||
| |||||||||||
परिवार | म्याकमेन परिवार |
म्याकमेन एक उद्घोषक र व्यावसायिक कुस्ती खेलाडीको रूपमा एक विशेष मुकुटको प्रयोग गर्दथे र उनको रिङ नाम मिस्टर म्याकमेन रहेको छ जुन उनको वास्तविक जीवनको व्यक्तित्वमा आधारित छ। उनी दुई-पटक डब्ल्युडब्ल्युई विश्व विजेता पनि भएका थिए। उनी सन् १९९९ मा डब्ल्युडब्ल्युएफ विजेता र सन् २००७ मा इसीडब्ल्यू विश्व विजेता पनि भैसकेका छन्। उनले सन् १९९९ को रोयल रम्बलका पनि विजेता थिए। उनले १९९९ देखि २००० सम्म एकाधिक डब्ल्यूडब्ल्यूएफ / डब्ल्युडब्ल्युई भुक्तान कार्यक्रमको शीर्षमा आएका थिए र सन् २००० को रेसल मेनियामा द रकको लागि सहयोगीको रूपमा भाग जनाएका थिए। एकल प्रतियोगितामा, उनले पहिलाको डब्लुएफएफ / डब्ल्युडब्ल्युई विजेता रिक फ्लेयर, द अन्डरटेकर, शन माइकल्स र ट्रिपल एचको बिरुद्ध विजय हासिल गरेका थिए। उनले म्याकमेन परिवारको बाँकीका सदस्यहरूका साथमा प्रमुख प्राधिकारीको रूपमा उनी आफ्नो पछिल्ला र पर्दा अगाडि नै विभिन्न भूमिकाहरू निर्वाह गर्ने गर्दछन्।
म्याकमेनले पूर्व कार्यकारी अधिकृत र वर्तमान अमेरिकी साना व्यवसाय प्रशासनका प्रशासक लिन्डा म्याकमेनसँग विवाह गरेका छन्ज सको साथ उनका २ जना सन्तान रहेका छन्, जसमा छोरा शेन र छोरी स्टेफिनी हुन्। उनी डब्लुडब्लूईका परिचालन अधिकृत/कुस्ती खेलाडी ट्रिपल एचका ससुरा हुन्। उनका ६ वटा नातिनातिनाहरू रहेका छन्।