![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/e/e1/Manchester_United_FC.png/640px-Manchester_United_FC.png&w=640&q=50)
म्यानचेस्टर युनाइटेड फुटबल क्लब
From Wikipedia, the free encyclopedia
म्यानचेष्टर यूनाइटेड फुटबल क्लब ओल्ड ट्राफोर्ड, ग्रेटर म्यानचेष्टरमा अवस्थित एक अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो। यूनाइटेड अङ्ग्रेजी प्रिमियर लिगमा खेल्ने गर्दछ। यो क्लब सन् १८७८ मा न्युटन हीथ एलवाइआर फुटबल क्लबको नामले स्थापित भएको थियो । यस क्लबले सन् १९०२ मा आफ्नो नाम म्यानचेष्टर यूनाइटेड राख्यो र सन् १९१० मा ओल्ड ट्राफोर्डमा सर्यो । २० लीग टाइटल, १२ एफ. ए. कप, ५ लीग कप, तथा २१ कम्युनिटी शील्डका साथ युनाइटेडले अङ्ग्रेजी फुटबलमा सर्वाधिक सफलता हासिल गरेको छ। यसका साथसाथै यूरोपकै सबैभन्दा प्रतिष्ठित क्लब प्रतियोगिता युइएफए च्याम्पियन्स लिग पनि युनाइटेडले ३ चोटि जितेको छ। अन्तर्राष्ट्रिय मञ्चमा च्याम्पियन्स् लीगका अलावा युनाइटेडले यूईफा यूरोपा लीग, यूईफा कप वीनर्स कप, यूईफा सूपर कप, ईन्टरकन्टिनेन्टल कप, र फिफा क्लब विश्वकप पनि एकएक पटक जितेको छ।
![]() | ||||
पुरा नाम | म्यान्चेस्टर युनाइटेड फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | 'द रेड डेभिलस (रातो राक्षस )[1] | |||
स्थापना | सन १८७८ मा , न्यूटन हेल्थ LYR F.C.को नाममा | |||
मैदान | ओल्ड ट्राफोर्ड | |||
मैदान क्षमता | ७४,९९४[2] | |||
मालिक | ग्लेजर परिवार | |||
उपाध्यक्ष | जोएल ग्लेजर र अव्राम ग्लेजर | |||
म्यानेजर | ओले गुनर सोल्सार | |||
लिग | प्रिमियर लिग | |||
२०२०-२१ | दोस्रो | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||