रणबहादुर शाह
From Wikipedia, the free encyclopedia
रणबहादुर शाह नेपालका शाहबंशीय राजा थिए। राजा प्रताप शाहको देहान्तपछि उनका अढाई वर्षका बालक छोरा रणबहादुर शाह नेपालको राजा भए। उनकी माता राजेन्द्रलक्ष्मीले अभिभावकका रूपमा नयाबी पद ग्रहण गरेर शासनको वागडोर हातमा लिइन्। राजेन्द्रलक्ष्मीको देहान्तपछि रण बहादुर शाहका काका तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहका महिला छोरा राजकुमार बहादुर शाहले रणबहादुरको नायवी ग्रहण गरे। रणबहादुर शाहलाई इतिहासकारहरूले अविवेकी, हतार गर्ने स्वभावका, सत्य असत्य छुट्टयाउने विवेक नभएका, अदूरदर्शी भनी टिप्पणी गरेका छन्। तर जीवनको उत्तरार्द्धमा यिनमा राजनीतिक व्यवहार विकसित भएको थियो।[2] १८६३ साल वैशाख महिनामा आफ्नै सहोदर भाइ शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट यिनको मृत्यु भयो।
रणबहादुर शाह | |
---|---|
नेपालका राजा | |
शासनकाल | १८३४ मंसिर ४ – १८५५ फाल्गुण २६ |
राज्याभिषेक | १८३४ पौष[1] |
पूर्वाधिकारी | प्रतापसिंह शाह |
उत्तराधिकारी | गीर्वाणयुद्ध विक्रम शाह |
जन्म | १८३२ जेठ १३ वसन्तपुर, नेपाल |
मृत्यु | १८६३ बैशाख १४ (३० वर्ष) वसन्तपुर, नेपाल |
जीवनसाथी | कान्तवती |
वंश | शाह वंश |
बाबु | प्रतापसिंह शाह |
आमा | राजेन्द्र लक्ष्मी देवी शाह |
धर्म | हिन्दु |
नेपालको इतिहासमा बढ्ता भूल गर्ने राजा रणबहादुर शाह नै मानिन्छन् । उनको कार्यकालमा नेपालले लामो समयसम्म पीडा भोग्नुपर्यो । परराष्ट्र सम्बन्धको सन्तुलन बिग्रन गयो, नेपालको निर्माण गर्ने वीरहरूले कुनै सारपूर्ण कामबिना ज्यान गुमाउनु परेको थियो ।[2]