रुकुम जिल्ला
From Wikipedia, the free encyclopedia
रुकुम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा अवस्थित एक पहाडी जिल्ला थियो। नेपालको हालको प्रशासनिक विभाजन अनुसार यस जिल्लाको पश्चिमी भाग कर्णाली प्रदेशमा र पूर्वी भाग लुम्बिनी प्रदेशमा पर्दछ।[1] समुन्द्र सतहबाट ६०० देखि ६,००० मिटर उचाइ सम्म रहेको बेसी, फाँट, पहाड र हिमाली भाग मिलेर बनेको रुकुमको पूर्वमा म्याग्दी र बाग्लुङ जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, दक्षिणमा सल्यान र रोल्पा जिल्ला र उत्तरमा डोल्पा जिल्ला पर्दछन्। रुकुमकोटस्थित कमल दह, कमलदह बह्राजिको मन्दिर, शिवालय, देउराली गुफा, मैकोटस्थित पुथा हिमाल, सामझाङ हिउँचुली, सिस्ने हिमाल, ढोरपाटन सिकार आरक्ष, पोखरामा तातोपानीको मुल, डिग्रे साइकुमारीको मन्दिर तासुसाइकुमारी मन्दिर आदि स्थानहरू रूकुमका प्रसिद्ध पर्यटकीय गन्तव्यहरू हुन्। '५२ पोखरी ५३ टाकुरी'को जिल्लाका रूपमा परिचित रुकुममा स्यार्पु ताल, दुर्लभ वन्यजन्तु नाउर लगायत अन्य धेरै आकर्षक जडिबुटी तथा रमणीय क्षेत्रहरू रहेका छन्।
रुकुम जिल्ला |
---|