लक्जेम्बर्ग
युरोपको देश / From Wikipedia, the free encyclopedia
लक्जेम्बर्ग वा लक्जमबर्ग (/ˈlʌksəmbɜːrɡ/ ( सुन्नुहोस्) LUK-səm-burg;[9] लक्जेम्बर्गी: Lëtzebuergcode: lb is deprecated [ˈlətsəbuəɕ] ( सुन्नुहोस्); फ्रान्सेली: Luxembourg; जर्मनेली: Luxemburg), आधिकारिक रूपमा संवैधानिक अधिराज्य लक्जेम्बर्ग,[lower-alpha 3] पश्चिमी युरोपको एक सानो भूपरिवेष्ठित देश हो। यसको पश्चिम र उत्तरमा बेल्जियम, पूर्वमा जर्मनी र दक्षिणमा फ्रान्स पर्दछन्। यसको राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर, लक्जेम्बर्ग सहर हो।[10] यो युरोपेली सङ्घका चार संस्थागत सिटहरू ब्रसेल्स, फ्राङ्कफर्ट र स्ट्रासबर्ग मध्ये एक हो। यो धेरै युरोपेली सङ्घ संस्थाहरूको सिट समेत हो जसमा विशेष गरी सर्वोच्च न्यायिक प्राधिकरण पर्दछ। लक्जेम्बर्गको संस्कृति, जाति र भाषाहरू यसको फ्रान्सेली र जर्मनेली छिमेकीहरूसँग अत्यधिक अन्तरसम्बन्धित छ।[11][12] लक्जेम्बर्गेली भाषा कानुनी रूपमा लक्जेम्बर्गी मानिसहरूको एकमात्र राष्ट्रिय भाषा हो।फ्रान्सेली र जर्मनेली पनि प्रशासनिक र न्यायिक मामिलाहरूमा प्रयोग गरिन्छ र तीनवटै भाषाहरूलाई देशको प्रशासनिक भाषाहरू मानिन्छ।[13]
लक्जेम्बर्ग
| |
---|---|
आदर्श वाक्य: "Mir wëlle bleiwe wat mir sinn"code: lb is deprecated (लक्जेम्बर्गी) "Nous voulons rester ce que nous sommes"code: fr is deprecated (फ्रान्सेली) "Wir wollen bleiben, was wir sind"code: de is deprecated (जर्मनेली) "हामी जे छौँ त्यहीँ रहन चाहन्छौँ" | |
राष्ट्रिय गान: "Ons Heemecht" ("हाम्रो मातृभूमि") शाही गान: "De Wilhelmus"a | |
राजधानी र सबैभन्दा ठुलो सहर | लक्जेम्बर्ग सहर[1] ४९°४८′५२″उ॰ ०६°०७′५४″पू॰ |
आधिकारिक भाषाहरू | |
राष्ट्रियता (सन् २०१७) |
|
धर्म (सन् २०१८[2]) |
|
रैथाने(हरू) | लक्जेम्बर्गी |
सरकार | एकात्मक संसदीय संवैधानिक राजतन्त्र |
• ग्रान्ड ड्युक | हेनरी |
Xavier Bettel | |
• उपप्रधानमन्त्री |
|
व्यवस्थापिका | प्रतिनिधि सभा |
स्वतन्त्र | |
• फ्रान्सबाट | १५ मार्च १८१५ |
• नेदरल्यान्डसँग व्यक्तिगत सङ्घमा स्वतन्त्रता | १९ अप्रिल १८३९ |
• स्वतन्त्रताको पुन: पुष्टि लन्डन सन्धि | ११ मे १८६७ |
• नेदरल्यान्ड अधिरान्यसँग व्यक्तिगत मिलनको अन्त्य | २३ नोभेम्बर १८९० |
• प्रथम विश्वयुद्धमा जर्मनेली साम्राज्यबाट नियन्त्रित | १ अगस्ट १९१४ |
• नाजी जर्मनीबाट स्वतन्त्र | सन् १९४४ / १९४५ |
• संयुक्त राष्ट्रसङ्घमा आवद्ध | २४ अक्टोबर १९४५ |
• स्थापित युरोपेली अर्थतन्त्र समुदाय[lower-alpha 2] | १ जनवरी १९५८ |
क्षेत्रफल | |
• जम्मा | २,५८६.४ किमी२ (९९८.६ वर्ग माइल) (१६८औँ) |
• पानी (%) | ०.२३ (सन् २०१५)[3] |
जनसङ्ख्या | |
• जनवरी २०२२ अनुमानित | ६४५,३९७[4] (१६८औँ) |
• सन् २०२२ जनगणना | ६,४५,३९७ [5] |
• घनत्व | २४२ /किमी2 (६२६.८ /वर्ग माइल) (५८औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०११ लगत |
• जम्मा | $९०.५३२ अर्ब[6] (९८औँ) |
• प्रति व्यक्ति | $140,694[6] (प्रथम) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०२२ लगत |
• जम्मा | $८६?८९८ अर्ब[6] (७१औँ) |
• प्रति व्यक्ति | $१३५,०४६[6] (3rd) |
गिनी (सन् २०१९) | ३२.३[7] मध्यम |
मानव विकास सूचकाङ्क (2021) | ०.९३०[8] धेरै उच्च · 17th |
मुद्रा | युरो (€) (EUR) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य युरोपेली ग्रीष्मकालीन समय) |
मिति ढाँचा | दिन।महिना।वर्ष |
सडक प्रयोग | दायाँ |
टेलिफोन कोड | +३५२ |
इन्टरनेट डोमेन | .lub |
|
२,५८६ वर्ग किलोमिटर (९९८ वर्ग माइल) क्षेत्रफल भएको लक्जेम्बर्ग युरोपको सबैभन्दा सानो देशहरू मध्ये एक हो।[14] सबैभन्दा सानो भएतापनि यसलाई लघु राज्य मानिएको छैन। सन् २०२२ मा, यसको जनसङ्ख्या ६,४५,३९७ रहेको थियो, जसले यसलाई युरोपको सबैभन्दा कम जनसङ्ख्या भएको देशहरू मध्ये एक बनाउँदछ[15], यद्यपि उच्चतम जनसङ्ख्या वृद्धि दरको साथ कुल जनसङ्ख्याको लगभग आधा हिस्सा विदेशीहरूको छ।[16] लक्जेम्बर्ग एक संवैधानिक सम्राट, ग्रान्ड ड्युक हेनरीको नेतृत्वमा एक प्रतिनिधिमुलक लोकतान्त्रिक मुलुक हो, जसले यसलाई विश्वको एकमात्र सार्वभौम ग्रान्ड डची बनाउँदछ।[17]
लक्जेम्बर्ग एक विकसित देश हो जसको एक उन्नत अर्थव्यवस्था र प्रतिव्यक्ति आय विश्वको उच्चतम कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) मध्ये एक हो। लक्जेम्बर्ग सहरलाई विशाल किल्लाहरू र ऐतिहासिक क्षेत्र असाधारण संरक्षणको कारण सन् १९९४ मा युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो।[18]
लक्जमबर्ग युरोपेली सङ्घ[19], आर्थिक सहयोग र विकास सङ्गठन, संयुक्त राष्ट्रसङ्घ, नाटो र बेनेलक्सको संस्थापक सदस्य हो।[20][21] यसले सन् २०१३ र २०१४ मा पहिलो पटक संयुक्त राष्ट्र सुरक्षा परिषद् सेवा गरेको थियो।[22] सन् २०२२ सम्ममा, लक्जेम्बर्गका नागरिकहरूले १८९ देशहरू र क्षेत्रहरूमा प्रवेशाज्ञा-मुक्त वा आगमनमा प्रवेशाज्ञा पहुँच प्राप्त गरेका थिए, जुन फिनल्यान्ड र इटालीसँग बराबरी रहेको छ। लक्जमबर्गको राहदानीलाई विश्वको चौथो स्थानमा राखिएको थियो।[23]