लमजुङ राज्य
From Wikipedia, the free encyclopedia
लमजुङ राज्य नेपालको एकिकरण पुर्व चौबीसी राज्य थियो। कास्कीका राजा कुलमन्डन शाहले १५५० मा यशोब्रम्ह शाहलाई राजा बनाई पठाएपछि लमजुङ राज्य औपचारिक रुपमा स्थापना भएको थियो। वि.सं. १८३९ कार्तिक १८ लमजुङ राज्य पूर्णत: नेपालमा सम्मिलित भयो । लमजुङका अन्तिम राजा बीरमर्दन शाह एक साहसी, स्वाभिमानी र योद्धा थिए । नेपालले चौबीसी नलिई नछोड्ने वातावरण बनाएको हुनाले लमजुङले नेपाल सामु हार स्वीकार्नै पर्यो । सके सम्म लमजुङ राज्यको रक्षा गर्न वीरमर्दन शाहले चाहेका भए पनि केही लागेन । चौबीसीहरूमा स्थायी एकता नहुनाले र ती राज्यहरू टाढा पर्नाले पनि आपसमा मद्दत मिल्न कठीन परेको थियो । परिणामस्वरूप तनहूँको साथै लमजुङ पनि नेपालको गास बन्यो । वि.सं. १५५० देखि १८३९ सम्म ३०० वर्ष सम्म लमजुङ स्वतन्त्र राज्यको रूपमा रही विशाल नेपालमा सम्मिलित हुन पुगेको थियो ।[1]
छरितो तथ्यहरू लमजुङ राज्य, सरकार ...
लमजुङ राज्य | |
---|---|
विसं १५५०–विसं १८४२ | |
नेपालको नक्शामा लमजुङ जिल्ला (रातो) | |
सरकार | राजतन्त्र |
राजा | |
इतिहास | |
• स्थापना | विसं १५५० |
• विलयकाल | विसं १८४२ विसं १८४२ |
अचेल | नेपाल |
|
बन्द गर्नुहोस्