अर्बन डिक्सनेरी
बोलचालको भाषाको प्रयोगकर्ताहरूद्वारा सञ्चालित शब्दकोश / From Wikipedia, the free encyclopedia
अर्बन डिक्सनेरी (अङ्ग्रेजी: Urban Dictionary) प्रयोगकर्ताहरूद्वारा सञ्चालित बोलचालको भाषाको अनलाइन शब्दकोश हो। "आफ्नो संसार परिभाषित गर्नुहोस्" भन्ने मूल नारा अनुसार चल्ने यस साइटको सिर्जना आरोन पेकह्यामद्वारा सन् १९९९ मा भएको थियो।[2] सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्सनेरीमा अहिले जुनसुकै शब्द वा घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन डिक्सनेरीमा एउटै शब्दको विभिन्न परिभाषा, वाक्यमा प्रयोग, र चिनो हुन सक्दछ। सन् २०१४ मा यस शब्दकोशमा सत्तरी लाखभन्दा बढी परिभाषाहरू रहेका थिए भने दैनिक रूपमा करिब २,००० नयाँ शब्दहरू यसमा राखिन्थे। यहाँ कतिपय शब्दहरू परिभाषा वास्तविक अर्थ नभई हास्यको रूपमा राखिने गरिएको छ।
छरितो तथ्यहरू उपलब्ध भाषा, मालिक ...
उपलब्ध भाषा | अङ्ग्रेजी |
---|---|
मालिक | आरोन पेकह्याम |
सर्जक | आरोन पेकह्याम |
युआरएल | www |
अलेक्सा क्रम | ९६८ (२३ अप्रिल २०२० (2020-04-23) अनुसार[उद्यतन])[1] |
चालु भएको मिति | १९९९; २५ वर्ष अघि (१९९९) |
वर्तमान स्थिति | सक्रिय |
बन्द गर्नुहोस्