बोलचालको भाषाको प्रयोगकर्ताहरूद्वारा सञ्चालित शब्दकोश From Wikipedia, the free encyclopedia
अर्बन डिक्सनेरी (अङ्ग्रेजी: Urban Dictionary) प्रयोगकर्ताहरूद्वारा सञ्चालित बोलचालको भाषाको अनलाइन शब्दकोश हो। "आफ्नो संसार परिभाषित गर्नुहोस्" भन्ने मूल नारा अनुसार चल्ने यस साइटको सिर्जना आरोन पेकह्यामद्वारा सन् १९९९ मा भएको थियो।[2] सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्सनेरीमा अहिले जुनसुकै शब्द वा घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन डिक्सनेरीमा एउटै शब्दको विभिन्न परिभाषा, वाक्यमा प्रयोग, र चिनो हुन सक्दछ। सन् २०१४ मा यस शब्दकोशमा सत्तरी लाखभन्दा बढी परिभाषाहरू रहेका थिए भने दैनिक रूपमा करिब २,००० नयाँ शब्दहरू यसमा राखिन्थे। यहाँ कतिपय शब्दहरू परिभाषा वास्तविक अर्थ नभई हास्यको रूपमा राखिने गरिएको छ।
उपलब्ध भाषा | अङ्ग्रेजी |
---|---|
मालिक | आरोन पेकह्याम |
सर्जक | आरोन पेकह्याम |
युआरएल | www |
अलेक्सा क्रम | ९६८ (२३ अप्रिल २०२० अनुसार[उद्यतन])[1] |
चालु भएको मिति | १९९९ |
वर्तमान स्थिति | सक्रिय |
सन् १९९९ मा आरोन पेकह्यामले क्यालिफोर्निया पोलिटेक्निक स्टेट विश्वविद्यालयमा कम्प्युटर विज्ञानमा विद्यावारिधी गरिरहँदा यस वेबसाइटको स्थापना गरेका थिए। उनले क्यालिफोर्नियाका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले प्रयोग गर्ने बोलचालको भाषाको तुलना गर्न चाहन्थे। उनले पहिला आस्क डट कमको नक्कल गर्ने वेब खोज संयन्त्रको रचना गरेका थिए तर नियम उल्लङ्घन पत्र पाएपछि उक्त वेबसाइट बन्द गर्नु परेको थियो।[3] उनले वास्तविक शब्दकोशको नक्कलको रूपमा अर्बन डिक्सनेरीको रचना गरेको बताएका थिए।
सेवा सार्वजनिक भएको पहिलो पाँच वर्षमा यसले नाफा वा घाटा दुबै भएन। सन् २००३ मा संयुक्त अधिराज्यमा उच्च अदालतमा दुइटा र्याप गीतकारको मुद्दामा न्यायाधीशले बोलचालको भाषा बुझ्न अर्बन डिक्सनेरीको प्रयोग गरेको खबर आएपछि साइटलाई धेरैले ध्यान दिन थालेका थिए।[4][5]
सन् २००९ मा, यसमा करिब चालिस लाख परिभाषाहरू रहेका थिए र दैनिक रूपमा २,००० नयाँ परिभाषाहरू यहाँ बुझाइन्थे।[6] अप्रिल २००९ मा अर्बन डिक्सनेरीको साइटमा एक करोड भन्दा बढी प्रयोगकर्ताहरू दर्ता भएका थिए, जसमध्ये करिब ८०% मासिक प्रयोगकर्ता २५ वर्षको उमेर भन्दा कमका थिए। जुलाई २००९ मा पेकह्यामले द न्यु योर्क टाइम्समा अर्बन डिक्सनेरी विकिपिडिया भन्दा भिन्न भएको जानकारी दिएका थिए।[7] विकिपिडियामा तटस्थता खोजिन्छ भने अर्बन डिक्सनेरीमा प्रयोगकर्ताहरूलाई आफ्नो अनुभव अनुसार शब्द र परिभाषा राख्न प्रोत्साहित गरिन्छ।[8]
सन् २०११ मा संयुक्त राज्य अमेरिकाको मदिरा, सूर्ति, बन्दुक र विस्फोटकसँग सम्बन्धित ब्यूरोले ज्यान मर्ने धम्कीमा प्रयोग भएको एक शब्दको अर्थ बुझ्न जिल्ला अदालतमा यस वेबसाइटको प्रयोग गरेको थियो ।[9]
मार्च र अप्रिल २०११ मा ३० दिनको अन्तरालमा ६७,००० मानिसले अर्बन डिक्सनेरीमा ७६,००० नयाँ परिभाषा लेखेका थिए भने ३,५०० प्रयोगकर्ताहरू मात्रै यसमा दर्ता भएका थिए। अप्रिल २०११ मा गार्डियनद्वारा प्रकाशित एक लेखमा पेकह्यामले वेबसाइटको विषयवस्तु छान्ने नीतिनियम बनाएका खुलासा गरेका थिए। यी नीतिनियम अन्तर्गत नाम चलेका व्यक्तिहरूको नाम थप्न मिल्ने तर साधारण व्यक्तिका नाम राख्न नमिल्ने, प्रख्यात बोलचालको भाषा मात्रै राख्न मिल्ने र कुनै पनि व्यक्ति वा समूहलाई गाली गर्न नपाउने जस्ता कुराहरू समावेश भएका थिए।[10]
सन् २०१९ को सुरुतिर बत्तीस वर्षे पेकह्यामले सान फ्रान्सिस्कोमा हुँदा वेबसाइटबाट आउने आम्दानी नखुलाएपनि साइटको अनुरक्षण र उनलाई पुग्ने जति आम्दानी भइरहेको बताएका थिए। पेकह्याम हाल पनि अर्बन डिक्सनेरीको एक मात्र कर्मचारी हुन् भने उनलाई प्रारम्भिक सार्वजनिक निष्कासनमा कुनै रुचि छैन। यस साइटका प्रयोगकर्ता धेरैजसो १५ वर्षे केटा रहेका छन्।[3]
जनवरी ५, २०१४ अनुसार यस साइटको ५०% ट्राफिक मोबाइलबाट आएको र अर्बन डिक्सनेरीको आइफोन अनुप्रयोग ३० लाख चोटी अभिभारण गरिएको थियो ।[11] धेरै अङ्ग्रेजी परिभाषा भएका अर्बन डिक्सनेरीमा स्वाहिली, अरबी र फुला जस्ता भाषाबाट आगन्तुक अङ्ग्रेजी शब्दलाई पनि मान्यता दिइन्छ।[12]
अर्बन डिक्सनेरीमा कुनै पनि शब्दको परिभाषा लेख्ने सम्बन्धमा कुनै कडा नियम छैन। यस साइटमा शब्दको वास्तविक परिभाषाको सट्टा सामान्य वर्णन राखे पुग्छ।
सामान्य शब्दकोशमा नपाइने बोलचालको भाषाको शब्दकोशको रूपमा सञ्चालन गरिएको अर्बन डिक्सनेरीमा अहिले जुन पनि शब्द र घटनाको परिभाषा हाल्न सकिन्छ। अर्बन डिक्सनेरीमा एउटै शब्दको विभिन्न परिभाषा, वाक्यमा प्रयोग र चिनो हुन सक्छ। "रिसाहा हिटलर"[13] र "रुसी क्यान्डी केन"[14] यिनका केही उदाहरण हुन्।
अर्बन डिक्सनेरीका प्रयोगकर्ताहरूले दर्ता नगरी नयाँ शब्द र वाक्यांश थप्न मिल्छ तर उनीहरूले एक मान्य विद्युतीय डाँक ठेगाना भने प्रदान गर्नुपर्दछ।
सन् २०१४ मा उक्त शब्दकोशमा सत्तरी लाख भन्दा बढी परिभाषा थिए र दैनिक रूपमा करिब २,००० नयाँ शब्द राखिन्थे।[3]
नोभेम्बर २०१४ मा यस साइटको विज्ञापन पृष्ठ अनुसार अर्बन डिक्सनेरीले औसत ७ करोड धारणा र १ करोड प्रयोगकर्ता भित्र्याउँदछ। जनवरी २०१४ मा पेकह्यामले भने अनुसार साइटको ४०% ट्राफिक अन्तर्राष्ट्रिय थियो र साइटमा १५ देखि २४ वर्षीय केटाहरूको सङ्ख्या बढी रहेको थियो।[3][11]
फेब्रुअरी २०१९ मा यस साइटमा साप्ताहिक ४ शब्दको दरले शब्द थपिएको थियो, जसले गर्दा १,५०० भन्दा बढी शब्दको परिभाषा उपलब्ध भएको थियो।[15]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.